Comments Add Comment

विश्वकप छनौटमा बेल्जियमको उत्कृष्ट सुरुवात

Belgum-Team

काठमाडौं । रोमेलु लुकाकुले दुई गोल गरेपछि साइप्रसलाई पराजित गर्दै बेल्जियमले सन् २०१८मा हुने विश्वकप फुटबलको छनौट चरणको सुखद सुरुवात गरेको छ ।

नवनियुक्त प्रशिक्षक रोबर्टो मार्टिनेजको प्रशिक्षणमा पहिलो खेल खेलेको बेल्जियमले साइप्रसमाथि उसकै मैदानमा ३-० को जित निकालेको हो ।

यान्निक कारास्कोले बेल्जियमका लागि तेस्रो गोल गरेका थिए । बेल्जियम छनौट चरणमा समूह एचको दावेदार टोली हो । युरो २०१६ को क्वाटरफाइनलबाटै बाहिरिएपछि बेल्जियमले प्रशिक्षक परिवर्तन गर्दै रोबर्टो मार्टिनेजलाई भित्र्याएको थियो ।

मार्टिनेजको प्रशिक्षणमा एभर्टनबाट खेलिसकेका लुकाकुले खेलको १३ औं मिनेटमै हेडरमार्फत गोल गरेका थिए । थोमस मुनिरको प्रहार क्रसबारमा लागेर फर्किएपछि पाएको अवसरमा लुकाकु सफल भएका थिए ।

दोस्रो गोल ६१औं मिनेटमा संभव भएको थियो । जहाँ कारास्कोले प्रहार गरेको बल साइप्रसका गोलरक्षकले समाउन लाग्दा गल्तीले हावामा उडेको मौका छोपेर लुकाकुले हेडरमार्फत गोल गरे ।

त्यसको २० मिनेटपछि बेल्जियमका लागि तेस्रो गोल कारास्कोले गरे । इडेन हाजार्डको पासमा त्यस गोल संभव भएको थियो ।

खेलको अन्तिम मिनेटमा लुकाकुको स्थानमा ७४औं मिनेटमा मैदान छिरेका बात्सुएयीले खेलको अन्तिम मिनेटमा पाएको पेनाल्टी अवसर सदुपयोग गर्न नसक्दा बेल्जियमले ४-० को जित हासिल गर्ने अवसर गुमाएको थियो ।

गत बिहीबार ब्रसेल्समा भएको मैत्रिपूर्ण खेलमा स्पेनसँग पराजित भएपछि बेल्जियमका समर्थकले आफ्नो टोलीको खुवै मजाक उठाएका थिए । मार्टिनेजलाई यो जितले निक्कै राहत मिलेको छ, उसले अर्को खेल बोस्नियासँग खेल्नेछ भने साइप्रसले ग्रीसको सामना गर्नेछ ।

समूह एचकै अन्य खेलहरुमा ग्रीसले जिब्राल्टरलाई ४-१ र बोस्नियाले इस्टोनीयालाई ५-० गोलले हराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment