६ असोज, काठमाडौं । चुरे क्षेत्रमा वनजंगल फडानी गरी काठ तस्करी गर्न तस्करहरुले विद्यार्थीलाई प्रयोग गर्न थालेका छन् ।
धनुषाको चुरे क्षेत्रमा पर्ने तुलसी गाविसमा तस्करहरुले विद्यालयमा अध्यनरत बालबालिकालाई पैसाको प्रलोभनमा पारेर काठ ढुवानी गर्न प्रयोग गर्न थालेपछि बालबालिका पढाइ छाडेर तस्करीमा लागेको पाइएको आजको अन्नपूर्णमा समाचार छ ।
काठमो एउटा फेन्टा ढुवानी गरेबापत तस्करहरुले बालबालिकालाई १ हजारदेखि १२ सय रुपैयाँसम्म दिने गरेको स्थानीयले बताएका छन् ।
कक्षा ११ मा अध्ययनरत स्थानीय रियान लामाले कक्षा छाडेर काठ काट्न गएको बताए । उनले काम गरेपछि हातको हात पैसा पाइने भएकाले साथीहरुसँग आफू्र पनि गएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4