+
+
Shares

अभिभावकसँग पैसा असुल्न प्रेम जोडीको अपहरण नाटक !

अनलाइनखबर अनलाइनखबर
२०७३ असोज ६ गते १७:५५

६ असोज, ललितपुर । महानगरीय प्रहरी परिसर ललितपुरमा अपहरणको उजुरी पर्‍यो । ललितपुर पाटनढोका बस्ने सिन्धुपाल्चोक कर्थली-४ की साबु भन्ने सावित्री खड्काले आफू अपहरणमा परेको र फिरौती रकम चाहियो भन्दै आफन्तलाई एसएमएस पठाएकी थिइन् ।

Apaharan-Natakत्यही एसएमएस लिएर आफन्त प्रहरी कहाँ पुगे । प्रहरी अनुसन्धानका क्रममा उनले अभिभावकसँग पैसा असुल्न प्रेमीसँग मिलेर अपहरणको नाटक गरेको खुल्न आएको छ ।

उनका प्रेमी सिन्धुपाल्चोक कर्थली-६ का सिजन भन्ने रामचन्द्र खत्री हुन् । प्रहरीले सावित्री र रामचन्द्र दुबैलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार दुबैको योजनामा खत्रीले अन्य व्यक्तिबाट लिएको ऋण चुक्ता गर्न पैसा जुटाउने उद्देश्यले अपहरणको नाटक गरेको खुलेको छ ।

उनीहरुलाई अनावश्यक भ्रम सिर्जना गरी समाजमा नकारात्मक असर पर्ने काम गरेकाले केही सार्वजनिक अपराध मुद्दामा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?