+
+

पाकिस्तानी कलाकारले काम गर्दा संकटमा करण र शाहरुखको फिल्म

अनलाइनखबर अनलाइनखबर
२०७३ असोज ७ गते २०:५२

sharukh karanउडीमा आतंकवादी हमलापछि अहिले भारतमा पाकिस्तानको चर्को विरोध भैरहेको छ । यही विरोधको चपेटामा पाकिस्तानी कलाकार पनि परेका छन् । पाकिस्तानबाट आएर बलिउडमा काम गरिरहेका कलाकारलाई महाराष्ट्र नवनिर्माण सेनाले शुक्रबार चेतावनी दिदै भारत छाड्न भनेको छ । भारत नछाडेको खण्डमा उनीहरुलाई भगाउने चेतावनी दिइएको छ ।

योसँगै तिहारमा रिलिज हुन लागेको निर्देशक करण जोहरको चलचित्र ‘ए दिल हे मुश्किल’ पनि संकटमा परेको छ । यो चलचित्रमा पाकिस्तानी कलाकार फवाद खान र इमरान अब्बासले काम गरेका छन् ।

यो चलचित्रलाई भारतमा रिलिज हुन नदिने चेतावनी नवनिर्माण सेनाले दिएको छ । साथै, आउँदो जनवरीमा रिलिज हुन लागेको नायक शाहरुख खानको चलचित्र ‘रइस’लाई पनि रिलिज हुन नदिने चेतावनी नवनिर्माण सेनाले दिएको छ । यो चलचित्रमा पाकिस्तानी नायिका माहिरा खानले काम गरेकी छिन् ।

राज ठाकरेको यो पार्टीले चेतावनी दिएपछि अहिले बलिउडमा पनि हंगामा मच्चिएको छ । तर, मुम्बई प्रहरीले भने यसमा पाकिस्तानी कलाकारले चिन्ता लिनुपर्ने कोही कारण नभएको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?