+
+
Shares

मनसुन लिएर आए सुबिन भट्टराई

अनलाइनखबर अनलाइनखबर
२०७३ असोज ८ गते १९:१६

Mansun

काठमाडौं । युवा लेखक सुबिन भट्टराईको नयाँ कृति ‘मनसुन’को विमोचन भएको छ । नेपाल प्रज्ञाप्रतिष्ठानको डबलीमा भएको  कार्यक्रममा पुस्तकको विमोचन गायक प्रमोद खेरल र लेखकले संयुक्त रुपमा गरे ।

मनसुन सम्झाउने झरी लगत्तै सुरु भएको कार्यक्रममा गायक खरेलले ‘मबिना कसैकसैलाई मुश्किल छ पोखरामा’, झुम्कावाली’जस्ता लोकप्रिय गीतहरु सुनाएर विमोचनमा सहभागी युवाहरुलाई मुग्ध बनाएका थिए ।

खरेलका गीतपछि कार्यक्रम प्रस्तोता सबिना कार्कीले भट्टराईसँग छोटो संवाद गरेकी थिइन् । भट्टराईले मनसुनबारे सोधिएको प्रश्नको जवाफ दिँदै भने, ‘छिनमै घाम छिनमै पानी, छिनमै बादल छिनमै सफा आकासजस्तै परिवर्तन भइरहने मानिसहरुको प्रेमसम्बन्ध हो यो ।’

‘समर लभ’ र ‘साया’ उपन्यासबाट युवा पुस्ताको मन जितेका भट्टराईको यो चौथौं कृति हो । यो उपन्यास फाइनप्रिन्टले प्रकाशन गरेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?