Comments Add Comment

पुनर्निर्माण अभियानले गति लिन नसकेको उपराष्ट्रपति चिन्तित

१२ असोज, मेलम्ची । उपराष्ट्रपति नन्दबहादुर पुनले पुनर्निर्माण अभियानले सोचे अनुरुप गति लिन नसेकेकोमा सरकार र सरोकारवालाको ध्यानाकर्षण गराएका छन् ।

Nanda-Bahadur-Pun-Pasangचिनियाँ संस्था एजुकेसन फस्टको लगानीमा बाहुनेपाटीमा रहेको जालपादेवी माध्यामिक विद्यालय भवनको शिलान्यास गर्दै उपराष्ट्रपति पुनले विद्यालयहरु अझै सम्म पनि पुनर्निर्माणको गतीमा अघि बढ्न नसकेकोमा चिन्ता व्यक्त गरे ।

सामुदायिक विद्यालयमा राज्यको लगानी बढ्दो भएपनि संस्थागत विद्यालय र सामुदायिक विद्यालयको गुणस्तरको खाडल भने उतिकै रहेको उनको भनाइ थिया । यसप्रति प्रति उपराष्ट्रपतिले बेलैमा सचेत हुन सरकारसँग आग्रह गरे ।

उनले भुकम्पको बेलामा चिनियाँ सरकारले नेपाललाई गरेको सहयोगको स्मरण गर्दै चिनियाँ राजदुतलाई समेत धन्यवाद दिए ।

भवन शिलान्यास कार्यक्रममा बोल्दै सिन्धुपाल्चोकका सांसद शेर बहादुर तामाङले मुलुकमा शैक्षिक जनशक्तिको खाँचो रहेकोले शिक्षालाई पहिलो प्राथमिकता दिनुपर्ने बताए ।

भ्ाुकम्पपछि सिन्धुपाल्चोकको पुर्ननिर्माणका विभिन्न गैरसरकारी संस्थाका परियोजना सञ्चालित छन् । त्यसमध्ये अधिकांशका दातृ निकाय युरोप र अमेरिकाका छन् । चिनियाँ सहयोगको एजुकेसन फस्टले जालपादेवी माध्यामिक विद्यालयमा सुविधासम्पन्न भवन छ महिनाभित्र निर्माण गर्ने लक्ष्य राखेको छ ।

देवराज सुवेदीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment