Comments Add Comment

करिश्माको सुन्दरतामा मोहित जीवन, काम गर्ने छ एउटै सपना

jiwan luitel with karisma
नायक जीवन लुइटेल केही दिन अगाडि काठमाण्डौमा आयोजित फेसन शोमा नायिका करिश्मा मानन्धरको हात समात्दै स्टेजमा पुगे । सो स्टपरको रुपमा र्‍याम्पमा करिश्मासँग पुगेका जीवन निकै खुशी देखिए ।

नायक जीवन लुइटेलले नेपालका चर्चित नायिकासँग काम गरिसकेका छन् । नीरुता सिंह, रेखा थापा, संचिता लुइटेलदेखि नीता ढुंगानासँग जीवनले पर्दामा जोडी बाँधिसकेका छन् ।

तर, जीवन अब नायिका करिश्मा मानन्धरसँग काम गर्न चाहन्छन् । जीवनले एक भेटमा अनलाइनखबरसँग भने-‘करिश्मासँग काम गर्ने मेरो सपना छ । उमेर जतीसुकै होस्, मलाई त्यसले फरक पार्दैन ।’
jiwan and karisma
जीवनले करिश्माको सुन्दरता, उनको पपुलारिटीका कारण आफू मोहित भएको बताए । जीवन भन्छन्-‘पर्दामा म करिश्माको जोडीको रुपमा देखिन चाहन्छु ।’
स्टेजमा एकसाथ करिश्माको हात समात्दै सो स्टपर बनेपछि जीवन झनै उनीप्रति आकषिर्त छन् । के जीवन र करिश्माले एकसाथ काम गर्लान् त ? प्रतिक्षा गरौ ।

तस्विरः जीवनकाे फेसबुकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment