Comments Add Comment

सोनमले दिइन् भाई हर्षवर्धनलाई यस्तो सेक्स सल्लाहा

harsabradhan and soonam
बलिउड नायिका सोनम कपुरले आफ्नो भाई हर्षवर्धनलाई सेक्स सल्लाहा दिएकी छिन् । नायिका नेहा धुपियाको पाँडकास्ट शोमा पुगेकी सोनमले हर्षवर्धनको सेक्स लाइफको बारेमा कुरा गरेकी थिइन् । उनले हर्षवर्धनलाई मनपर्ने यूवतीको बिषयमा पनि कुरा गरेकी थिइन् ।

सोनमले भनिन्-‘यूवतीको मामलामा हर्षवर्धनको रोजाई खराब छ । उसले म र रिया जस्ती यूवतीसँग कहिल्यै पनि डेट गर्न नचाहेको बताएको छ ।’

कुराकानीका क्रममा सोनम र उनकी बहिनी रीयाले हर्षवर्धनको जीवनमा आएका यूवतीको बिषयमा पनि कुरा गरेका थिए । हर्षवर्धनको जीवनमा आएकी यूवती स्विट भएको भन्दै सोनमले अझ राम्री यूवती मिल्न सक्ने बताए ।

सोनम र रियाले हर्षवर्धनलाई सल्लाहा दिदै भने-‘हामीलाई आशा छ कि, तिमीले कन्डम प्रयोग गरिरहेका छौ ।’हर्षवर्धनले चलचित्र ‘मिज्र्या’बाट बलिउडमा डेब्यू गरेका थिए । तर, यो चलचित्रले बक्स अफिसमा कमजोर व्यापार गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment