Comments Add Comment

यी हुन् बीग बोसका सहभागी, स्वामीदेखि हट मोडलसम्म

bigg-boss-10मुम्बई । आइतवारदेखि चर्चित रियालिटी शो ‘बीग बोस’को दसौं श्रृङ्खला सुरु भएको छ । कार्यक्रम सुरु गर्दा कार्यक्रम प्रस्तोता अभिनेता सलमान खान केही पर्यटकको साथमा बसमा चढेर बीग बोसको घर पुगे । आफैं गाईड बनेका सलमानले विदेशी पर्यटकलाई नयाँ घर चिनाए ।

दसौं सिजन सुरु गर्दा सलमानले सुल्तानको टाइटल गीतमा नाचेका थिए । आफ्नो प्रस्तुतिपछि सलमानले बीगबोसमा सहभागीहरुको परिचय गराए । पहिलो प्रतियोगिका रुपमा स्वामी ओमजी महाराजले प्रवेश गरे । ओमजी सन्यासी हुन्, उनले यो पनि भने उनी भारतमा रामराज्य ल्याउन तल्लिन छन् ।

तिनै ओमजी सन २०१५ मा विवादमा आएका थिए । उनले एक न्यूज च्यानलको लाइभ छलफल कार्यक्रममा एक साध्वीलाई हातपात गरेका थिए । ओमजी बाहेक अन्य प्रतियोगी के कस्ता छन् तीनको वारेका एकछिन चर्चा गरौं ।

मनबीर गुर्जरः नोएडामा बस्दै आएका मनवीर गुर्जर कार्यक्रमका तेस्रो प्रतियोगि हुन् । २९ वर्षिय मनवीर डेरी सञ्चालक हुन् ।

नितिभा कौलः गुगल इण्डियामा काम गर्ने नितिभा कौल बीग बोसको चौथो सहभागी हुन् । २३ वर्षीय निभिता दिल्लीमा बस्छिन् । उनको भनाई अनुसार उनी ओरिज्नल काश्मिरी हुन् । कार्यक्रममा सहभागी हुन उनले जागिरै छाडेकि थिइन् ।

रोहन मेहराः टेलिभिजन कलाकार रोहन मेहरा ‘ये रिश्ता क्या कहलाता है’ मा नक्ष सिंघानियाको भूमिका छन् । उनी बीग बोसका पाँचौ सहभागी हुन् ।

बाँणीः गुरुबाणी जज चण्डीगढका स्थानिय वासिन्दा हुन् । उनी चौथो संस्करणमा पनि सहभागी थिए । केहि शोको होस्ट गरेका बाणी विकास गुप्ताको पीरियड ड्रामा ‘रानी महल’वाट ठूलो पर्दामा प्रवेश गरेका छन् ।

लोकश कुमारीः दिल्लीमा बस्दै आएकी लोकेश कुमारी शर्मा बीग बोसको सातौं सहभागी हुन् । २५ वर्षीय लोकश विद्यार्थी हुन् ।

lopamudra-raut-bikiniलोपमुद्राः मोडल एवं अभिनेत्री लोपमुद्रा राउत बीग बोसकी दोस्री प्रतियोगी हुन् । उनी महाराष्ट्रकी हुन् भने सन २०१६ मा मिस युनाईटेड कन्टिनेन्टसमा सहभागि भएकि थिइन् ।

करणः करण पनि टेलिभिजन कलाकार हुन् । ‘ये रिश्ता क्या कहलाता है’ मा नैतिक सिंघानियाको भुमिकामा देखिएका करण दसौं सहभागी हुन् ।

आकंक्षा शर्माः २५ वर्षीय आकांक्षा शर्मा गुडगाउँमा बसोवास गर्छिन् । केहि वर्ष पहिले उनले युवराज सिंहको कान्छो भाई जोरावरसँग विवाह गरिन् । तर, ४ महिनामै उनीहरु छुटि्टए । उनीहरुको औपचारिक सम्बन्ध बिच्छेद अझै भएको छैन । तर, चाँडै उनी सम्बन्ध बिच्छेद गर्न चाहन्छिन् ।

मनु पञ्जाबीः मनु पञ्जाबीको पूरा नाम मनोज पञ्जाबी हो । उनी जयपुरमा बस्छन् भने आफुले आफैंलाई हिरो मान्छन् ।

गौरब चोपडाः ‘उतरन’ मा रघुवेन्द्र प्रताप राठौरको भुमिका निर्वाह गरेका गौरब प्रतियोगिताका ११ औं प्रतियोगी हुन् । उनले एक हलिउड फिल्ममा समेत काम गरेका छन् । उनी रियालिटी शो ‘जरा नचके दिखा र नच बलिए-२’ मा पनि सहभागि भएका छन् ।

प्रियंका जग्गाः दुई वच्चाकी आमा पि्रयंका ३२ वर्षकि भईन् । उनी दिल्लीमा बस्छिन् । १२ औ प्रतियोगि पि्रयंका मार्केटिङको काम गर्छिन् ।

राहुल देवः राहुल देब अभिनेता एवं मोडल हुन् । सन २००२ मा च्याम्पियनवाट अभिनय सुरु गरेका राहुलले ‘अन म्यान एट वर्क, फाइट क्लब र एक पहेली लिलामा खल चरित्र निर्वाह गरेका छन् । १३ औं प्रतियोगी राहुलले ‘देवो के देव महादेव’ मा अरुणसुरको भुमिका निर्वाह गरेका छन् ।

नवीन प्रकाशः पेशाले शिक्षक नवीन प्रकाश २६ वर्षका भए । घरको जेठा छोरा नवीन कलकत्तामा बसोबास गर्छन् ।

मोनालिसाः भोजपुरी फिल्मकी सुपरस्टार मोलिसा उर्फ अन्तरा विश्वास प्रतियोगिताको १५ औं सहभागी हुन् । उनले १०० बढि फिल्ममा अभिनय गरेकि छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment