Comments Add Comment

सखरखण्डले हटाउँदैछ अफ्रिकामा कुपोषण

sweet-potatoअफ्रिकामा दशौँ लाख बालबालिकाहरु कुपोषणले ग्रस्त छन् । पर्याप्त खाद्यान्नको अभाव तथा भोकमरीका कारण कुपोषणमा परेका बालबालिकाहरुलाई बचाउनका लागि सखरखण्ड एक उत्तम विकल्पका रुपमा देखिएको छ । कुपोषित बालबालिकाको मुक्तिका लागि युगाण्डामा विशेष प्रकारको सखरखण्ड फलाइएको छ ।

यद्यपि अफ्रिकाको कुपोषणको भयावह समस्याले जिका भाइरस तथा इबोला जस्ता रोग जत्तिको समाचारमा स्थान पाइरहेको छैन । तथापि अफ्रिकाको सब सहारा क्षेत्रमा भिटामिन ए को कमी तथा कुपोषणको समस्या यी रोगहरु भन्दा बढि प्राण्घातक सिद्ध भैरहेको छ । जसबाट अफ्रिकी महादेशका ४ करोड ३० लाख बालबालिका प्रभािवत छन् ।

भिटामिन ए को कमी हुँदा बालबालिकाहरुमा रतन्धो हुन्छ, शारीरिक वृद्धि विकाश कमजोर हुन्छ, विभिन्न रोगब्याधी सिर्जना भई छिटो मृत्युको मुखमा पुग्दछन् ।

तर अहिले वैज्ञानिकहरुले कुपोषणको यो समस्यासँग जुध्नका लागि सखरखण्डलाई विशेष रुपमा प्रयोग गर्ने निधोमा पुगेका छन् ।

तर यो सामान्य सखरखण्ड भने होइन । सुन्तला रंगको सखरखण्ड । जुन बिटा क्यारोटिन नामक कलर पिगमेन्टले युक्त हुन्छ र यसले सरीरमा भिटामिन ए को कमी हुनबाट जोगाउँदछ ।

यद्यपि यो सखरखण्ड अफ्रिकाको रैथाने जात होइन । तथापि युगान्डाका वैज्ञानिकहरुले भने अफ्रिका महादेशमा समेत यो सखरखण्डको उपलब्धता  धेरै भन्दा धेरै बढाउनका लागि बायो फोर्टिफिकेसन पद्धतिको प्रयो गरेका छन् ।

यहीँ कार्यका लागि यो महिनाको सुरुमा अपि|mकी वैज्ञानिक डाक्टर रोबर्ट वांगाले अढाइ लाख डलरको विश्व खाद्य पुरस्कार संयुक्त रुपमा पाए ।

उनको यो सखरखण्डले अफ्रिकामा साइलेन्ट किलरको रुपमा रहेको भिटामिन ए को कमीलाई रोक्न सहयोग गर्नेछ र किसानहरुले युगान्डाको रातो माटोमा समेत यो सखरखण्ड फलाइरहेका छन् ।

यो सखरखण्ड स्वादिलो तथा पोषिलो हुने र यसको सेवनले रोग लाग्नबाट पनि बचाउने अनुभव किसानहरुको छ । यो सखरखण्ड पर्याप्त फल्ने भएकाले खानका लागि मज्जाले पुग्ने र भोकमरीमा पर्नु नपर्ने उनीहरुको भनाई छ । कतिपयले यो सखरखण्ड बेचेर पैसा समेत कमाउने गरेका छन् ।

यो रातो सखरखण्ड युगान्डामा हजारौँ परिवारले फलाइरहेका छन् । सन् २०१८ सम्ममा २ लाख ३७ हजार युगान्डाली परिवारले रातो सखरखण्ड फलाउने र खाने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment