+
+
Shares

साउदीमा अलपत्र नेपालीको तत्काल उद्धार गरियोस् : एमाले प्रमुख सचेतक

सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले साउदी अरबमा रोजगारदाता कम्पनी बन्द भएर अलपत्र परेका नेपालीको तत्काल उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ३१ गते १३:२२
नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला । फाइल फोटो ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • साउदी अरबको जुवेल शहरमा सेन्ड्रन इन्टरनेशनल कम्पनी बन्द भएपछि ४ सय भन्दा बढी नेपाली अलपत्र परेका छन्।
  • प्रमुख सचेतक महेश बर्तौलाले सरकारलाई नेपालीको तत्काल उद्धार र सहयोग गर्न आग्रह गरेका छन्।
  • कम्पनी बन्द हुँदा नेपालीहरूले २ देखि ९ महिनासम्मको पारिश्रमिक पाउन नसकेका र बर्हिगमन भिसा बन्द भएकाले उनीहरू स्वदेश फर्कन सकिरहेका छैनन्।

३१ वैशाख, काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले साउदी अरबमा रोजगारदाता कम्पनी बन्द भएर अलपत्र परेका नेपालीको उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा आकस्मिक समय लिएर बोलेका बर्तौलाले साउदी अरबको जुवेल सहरमा सेन्ड्रन इन्टरनेसनल कम्पनी लिमिटेड बन्द भएपछि चार सय बढी नेपाली अलपत्र परेको बताए । उनले अलपत्र परेका नेपालीहरूको तत्काल उद्धार गर्न सरकारको ध्यानाकर्षण गराए ।

कम्पनी बन्द हुँदा २ देखि ९ महिनासम्मको पारिश्रमिक पाउन नसकेको र बर्हिगमन भिसा बन्द भएकाले स्वदेश आउन पाएकाले नेपालीहरू अलपत्र परेको प्रमुख सचेतक बर्तौलाले बताए ।

‘अपलत्र परेका सबै नेपालीको यथाशीघ्र उद्धार गरी आवश्यक सहयोग र सहजीकरणमा जुटन सरकारसँग आग्रह गर्दछु,’ उनले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?