४ कात्तिक, काठमाडौं । व्यवस्थापिका संसदको विहीबारको बैठक बस्दै नबसी स्थगित भएको छ । यो बैठकमा अख्तियारका प्रमुख लोकमानसिंह कार्की विरुद्ध दर्ता भएको महाअभियोगको प्रस्ताव पेश गर्ने कार्यसूची थियो ।
माओवादी र एमालेका १५७ सांसदहरुले बुधबार कार्कीविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गराएका थिए । लगत्तै संसद सचिवालयले विहीबारको बैठकमा नै सो प्रस्ताव संसद बैठकमा पेश गर्ने गरी तयारी समेत गरेको थियो ।
तर, विहीबार संसद बैठक बस्नु केहि समय अघि सूचना टाँसेर आइतबारसम्मका लागि बैठक स्थगित भएको जानकारी दिइएको छ । प्रमुख दलहरुबीच छलफल गर्नुपर्ने भएकाले बैठक स्थगित गर्नुपरेको सभामुख ओनसरी घर्ती निकट स्रोतले जानकारी दिएको छ ।
अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्ध परेको महाअभियोगको प्रस्ताव पछि उत्पन्न राजनीतिक परिस्थितिका कारण घर्तीले जेनेभा जाने कार्यक्रम अन्तिम समयमा स्थगित समेत गरेकी छन् ।
प्रतिक्रिया 4