+
+

अजयको ‘शिवाय’लाई रणवीरको ‘ए दिल हे मुश्किल’ले उछिन्यो

अनलाइनखबर अनलाइनखबर
२०७३ कात्तिक १३ गते १४:११

shivaya-and-a-dil-hai
बलिउडमा यतिबेला दिवालीको अवसरमा २ चलचित्रविच कडा टक्कर देखिएको छ । शुक्रबारबाट रिलिज भएका चलचित्र ‘शिवाय’ र ‘ए दिल हे मुश्किल’ विच बक्स अफिसमा कडा टक्कर देखिएको छ ।

तर, धेरैको अपेक्षा र अनुमान विपरित ‘ए दिल हे मुश्किल’ले बक्स अफिसमा उत्कृष्ट सुरुवात गरेको छ । करण जोहर निर्देशित चलचित्र ‘ए दिल हे मुश्किल’ले मल्टिप्लेक्समा धेरै हल पाएको छ । अजय देवगण निर्देशित तथा अभिनित चलचित्र ‘शिवाय’ले सिंगल थिएटरमा धेरै हल पाएको छ ।

शुक्रबार चलचित्र ‘ए दिल हे मुश्किल’ले १३.३० करोडको कारोबार गरेको छ । ओभरसिजमा यो चलचित्रको कमाई २० करोड माथि छ । रणवीर कपुर, ऐश्वर्या राय, अनुष्का शर्मा, फवाद खानको मुख्य भूमिका रहेको यो चलचित्रमा नायक साहरुख खानको केमियो भूमिका छ । तर, साहरुखको ३ मिनेट लामो केमियोले नै अहिले सबैभन्दा बढी चर्चा पाइरहेको छ ।

अजयको ‘शिवाय’ले पहिलो दिन १०.२४ करोडको कारोबार गरेको छ । महंगो बजेटमा बनेको यो चलचित्रको ओपनिङ व्यापार केहि कमजोर देखिएको छ । ओभरसिजमा पनि चलचित्रको सुरुवात कमजोर छ । तर, दिवालीको बिदाका कारण पनि दुबै चलचित्रले बक्स अफिसमा दर्शक तान्ने अनुमान लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?