Comments Add Comment

भूकम्प र नाकाबन्दीले थलियो माथिल्लो तामाकोसी

१९ कात्तिक, काठमाडौं । गत वर्ष वैशाखको भूकम्प, बाढीपहिरो र भारतीय नाकाबन्दीले निर्माणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना थलिएको छ ।

Upper-Tamakoshi-Hydroस्वदेशी लगानीमा निर्माण भइरहेको राष्ट्रिय गौरवको आयोजनाको निर्माण गत असारमा सक्ने लक्ष्य राखिएको थियो । भूकम्प, नाकाबन्दीलगायतका कारण आयोजनाको निर्माण सम्पन्न हुने समय दुई वर्ष धकेलिएको छ ।

आयोजना ०७५ असारमा मात्रै सम्पन्न हुने अनुमान गरिएको छ । आयोजनाबाट १० पुस ०७२ मा ३०९ मेगावाट र ३० असार ०७३ मा ४५६ मेगावाट विद्युत् उत्पादनको लक्ष्य राखिएको थियो । आयोजनाको निर्माण प्रगति समग्रमा ८० प्रतिशतभन्दा बढी रहेको आजको नयाँ पत्रिकामा समाचार छ ।

भूकम्प र त्यसपछि सुरु भएको बर्खाले आयोजनाको मुख्य संरचनामा क्षति पुर्याएको थिएन । दोलखाको सिँगटीदेखि बाँधस्थल लामाबगरसम्मको प्रवेशमार्गको २९ किमि सडकखण्ड क्षतिग्रस्त भएको थियो । भूकम्प र त्यसपछिका परकम्पले आयोजनाको बा“धबाट सुरुङभित्र पानी पठाउने इन्टेक १९ सेन्टिमिटर भासिएको थियो ।

आयोजनाले अमेरिकाको विज्ञ समूह (पिओई) मार्फत अध्ययन गराएको थियो । क्षति पुगेका बाँधका संरचनालाई पर्याप्त स्थिरतता र पानी चुहिन नदिन मर्मत गरी सञ्चालनमा ल्याउन सकिने सुझाब विज्ञ समूहले दिएको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment