News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रदेश सरकारमा संविधानको मर्मविपरीत सत्ता समीकरण बनाउन नहुने बताए।
- उनले नेपाली कांग्रेस प्रतिपक्षविहीन प्रदेशको कल्पना संविधानले नगरेको भन्दै आवश्यक परे प्रतिपक्षमा बस्न तयार रहेको बताए।
- शर्माले संविधान संशोधनको छलफल चलिरहेको अवस्थामा दलहरू संविधानको मूल मर्मबाट बाहिर जान नहुनेमा जोड दिए।
४ साउन, काठमाडौं । नेपाली कांग्रेसले प्रदेश सरकारमा संविधानको मर्मविपरीत सत्ता समीकरण बनाउन नहुने बताएको छ । बीपी स्मृति दिवसका बारेमा जानकारी दिन सोमबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माले प्रतिपक्षीविहीन प्रदेशसभाको कल्पना संविधानले नगरेको भन्दै संविधानको मर्मविपरीत सत्ता समीकरण बनाउन नहुने बताएका हुन् ।
उनले कांग्रेस प्रतिपक्षविहीन प्रदेशको परिकल्पना नगरीकन टुङ्गोमा पुग्नुपर्छ भन्ने मान्यतामा अघि बढेको भन्दै आवश्यक परे प्रतिपक्षमा बस्न तयार रहको बताए ।
अहिलेको प्रतिकूल परिस्थिति र संविधान संशोधनको संवाद/छलफलहरू पनि चलिरहेको अवस्थामा संविधानको मूल मर्मबाट बाहिर जान नहुने उनको भनाइ छ ।
प्रतिक्रिया 4