Comments Add Comment

श्रद्धाको आक्रोश-‘म विल्कुल सिंगल छु र फिल्मसँग रोमान्स गर्न चाहन्छु’

shradha-kapoor
कहिले आदित्य रोय कपुर त कहिले फरहान अख्तर, नायिका श्रद्धा कपुरको नाम यी दुई बलिउडकर्मीसँग जोडिदै आएको छ । बलिउडमा सफलताको झण्डा गाड्दै गरेकी यी नायिकाको नाम यसरि मिडियामा जोडिएर आउँदा उनलाई पनि रिस उठेको रहेछ ।

चलचित्र ‘रक अन २’मा एकसाथ काम गरेपछि श्रद्धाको नाम फरहान अख्तरसँग जोडिएको छ । श्रद्धाकै कारण फरहानले श्रीमतिलाई डिभोर्स दिन थालेको खबर पनि सार्वजनिक नभएका होइनन् । फरहान अख्तरले यो समाचारलाई झुट भनिसकेका छन् ।

अब, नायिका श्रद्धा कपुरले पनि प्रेमको खबरलाई झुट भनेकी छिन् । उनले फरहानसँगको सम्बन्धमा भनिन्-‘म विल्कुल सिंगल छु ।’

श्रद्धाले भनिन्-‘यो लिंक अपको खबर कुनै पनि नायिकाको लागि राम्रो हुँदैन । हामी चलचित्रप्रति बढी फोकस हुन्छौ ।’
श्रद्धाले पत्रकारमाथि नै प्रश्न गर्दै भनिन्-‘केहि पत्रकार किन प्रेमको खबर मात्र छाप्छन् ? के उनीहरुलाई लाग्छ कि उनीहरुको समाचार पढ्ने एक मात्र तरिका यहि हो ?’

श्रद्धाले यसलाई गलत काम भनेकी छिन् । पत्रकारलाई आफ्नो कामको बारेमा जानकारी गराउन भेट्ने गरेपनि पत्रकारले आफ्नो काम सहि तरिकाले नगरेको श्रद्धाको आरोप छ । उनले भनिन्-‘म यति मात्र भन्न चाहन्छु कि, म सिंगल छु र आफ्नो चलचित्रसँग मात्र रोमान्स गर्न चाहन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment