+
+
Shares

एकैदिनमा तोलाको १४ सयले सस्तियो सुन

अनलाइनखबर अनलाइनखबर
२०७३ कात्तिक २५ गते ११:५०

gold-sun-chadi
२५ कात्तिक, काठमाडौं । आज सुनको भाउ तोलामा एैकपटक १४ सय रुपैयाँले घटेको छ । हिजो बुधबार १३ सय रुपैयाँले बढेको सुन आज एकदिनमा १४ सय रुपैयाँले घटेको हो ।

बिहीबार सुन प्रतितोला ५६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ । बुधबार सुन तोलाको ५८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

अमेरिकामा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प राष्ट्रपति बनेपछि हिजो सुनको भाउ एक्कासी बढेको थियो । तर, अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य बढ्ने क्रम नरहेपछि नेपाली बजारमा पनि मूल्य घटेको हो ।

ट्रम्पको आर्थिक नीति खासै अनुदार किसिमको नहुने विश्लेषणले सुनबजारमा उछाल नआएको व्यवसायी बताउँछन् ।

यस्तै अाज चाँदीको भाउ पनि घटेको छ । चाँदी तोलामा १० रुपैयाँले घटेर ८ सय ३५ रुपैयाँ कोरोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?