Comments Add Comment

वरिष्ठ नै डिन हुनुपर्छ, नभए ३ बजे अनसन बस्छुः डा. केसी

Dr.-Govinda-KC

२८ कात्तिक, काठमाडौं । त्रिवि शिक्षण अस्पतालका डा. गोविन्द केसी आज १२ औं पटक आमरण अनसनमा बस्ने भएका छन् ।

डा. केसीले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)को डिन वरिष्ठताका आधारमा नियुक्त गर्न आइतबार २ बजेसम्मको अल्टिमेटम दिएका थिए ।

र, त्रिभुवन विश्वविद्यालयले आइतबार प्राध्यापक डा. केशवप्रसाद सिंहलाई डिन नियुक्त गरेको छ ।

तर, वरिष्ठताका आधारमा नभएको भन्दै केसी सन्तुष्ट छैनन् । डा. केसीले भने, ‘अरु मलाई थाहा छैन । वरिष्ठताका आधारमा हुनुपर्छ । नभए ३ बजेबाट अनसन बस्छु ।’

त्रिविले सिंहलाई नियुक्त गरेछ नि भन्ने प्रश्नमा उनले भने, ‘यो व्यक्तिको कुरा होइन, सिस्टमको कुरा हो । र, वरिष्ठताका आधारमा हुनुपर्छ ।’

वरिष्ठताका आधारमा डिन नियुक्त गर्न थालेपछि पछिल्लो तीन/चार वर्षमा केही सुधार भएको भन्दै उनले अहिले फेरि राजनीतिक भागवण्डा र माफियाहरु हावी भएको उनले बताए ।

डा. केसीले वरिष्ठताको आधारमा जेपी अग्रवाललाई नै डिन नियुक्त गर्नु पर्ने अडान राखेको सरकारी अधिकारीहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment