Comments Add Comment

साझाको नयाँ रुट तय, कुन-कुन क्षेत्रमा चल्ने भए नयाँ अपाङ्गमैत्री बस ?

Sajha_ New_Bus

२९ कात्तिक, काठमाडौं । साझा यातायातले नयाँ खरिद गरेका अपाङ्गमैत्री बसहरु काठमाडौं उपत्यकाभित्र सञ्चालन गर्न रुटहरु तय गरेको छ । जसमा एउटा नयाँ रुट छ भने अन्य भने पुरानो रुट विस्तार गरेर ४ वटा रुट तोकिएको हो ।

रुट तय गरेर यातातात व्यवस्था विभागसँग अनुमति मागिएको साझा यातायातका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले जानकारी दिए । उनकाअनुसार सबै रुटमा बस चलाउन आवश्यक तयारी पुरा भएको छ । नयाँ बसमा लागि ड्राइभर र कन्डक्टरको पनि नियुक्ति भइसकेको छ ।

अब रुट इजाजत पाउनासाथ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट बस सेवाको औपचारिक सुरुवात गर्ने उनले बताए । साझाले काठमाडौं महानगरपालिको सेयर स्वामित्वका ३० नयाँ बस किने ल्याएको छ ।

साझाले सञ्चालन गर्ने ४ वटा रुट निम्नअनुसार छन् ।

रुट नम्बर १ः लगनखेबाट जाउलाखेल-कुपण्डोल-त्रिपुरश्वर-नेपाल बायुसेवा निगम (एनएसी)-जमल-लैनचौर-लाजिम्पाट-पानीपोखरी-टिचिङ-नारायणगोपालचोक-बसुन्धरा-सामाखुसी-नयाँबसपार्कसम्म बस चल्नेछ। यो रुटबाट गएका बस फेरि सोही रुटबाट फर्किनेछन् । यो रुटमा १० वटा बस चल्नेछन् ।

रुट नम्बर २ः एयरपोर्टभित्रबाट तिलगंगा-गौशाला-रातोपुल-जैनभवन-डिल्लीबजार-चारखाल-बागबजार- पुरानो बसपार्क- सहीदगेट- एनएसी-न्युरोडगेट-जमल-लैनचौर- ठमेल- सोह्रखुट्टे-नयाँ बजार-बनस्थली-बालाजुचोक-बाइपास-नयाँबसपार्कसम्म बस चल्नेछन् । यो रुटबाट गएका बस पनिसोही रुटबाट फर्किनेछन् । यो रुटमा साझाका १० वटा बस चल्नेछन् ।

sajha-bus-routes-final
रुट नम्बर ३ः
यो पूर्ण रुपमा नयाँ रुट हो । कोटेश्वरबाट तीनकुने-मिनभवन-नयाँबानेश्वर-बबरमहल-माइतिघर-सिंहदरबार-सहीदगेट-त्रिपुरेश्वर-टेकु-कालीमाटी-सोल्टीमोड-रवीभवन-कलंकी-सीतापाइला- स्वयम्भुसम्म साझाले बस चलाउँदैछ । यो रुटबाट गएका बस फेरि सोही रुटबाट फर्किनेछन् । यसमा पनि १० वटै बस चल्नेछन् ।

रुट नम्बर ४ः यो रुटको बस ग्वार्कोबाट छुट्नेछ । बीएण्डबी हस्पीटल-सातदोबाटो-पाटन औद्योगिक क्षेत्र- लगनखेल-जाउलाखेल-कुपण्डोल-त्रिपुरश्वर-नेपाल बायुसेवा निगम (एनएसी)-जमल-लैनचौर-लाजिम्पाट-पानीपोखरी-टिचिङ-नारायणगोपालचोक-गंगालाल हस्पीटल-न्युरो हस्पीटल-गोल्पुटार-हात्तिगौंडा-चपली हुँदै नारायणथानसम्म्म साझा बस सञ्चालन हुनेछ । यो रुटबाट गएका बस पनि सोही रुटबाट फर्किनेछन् । यो रुटमा ८ वटा बस चल्नेछन् ।

साझाले अब काठमाडौंमा ३८ वटा बस चलाउने छ । साझाका ८ वटा बसले गोरखा, बाग्लुङ, भैरहवा र वीरगञ्जमा चलाइरहेको छ ।

कस्ताे छ नयाँ बस?

साझाका नयाँ बसमा दुईवटा ढोका छन् र दुबै फराकिला छन् । बसको पछिल्लो भागको ढोकाबाट ह्वील चियर प्रयोगकर्ताहरु सजिलै बस चढ्न र ओर्लन सक्नेछन् । त्यसका लागि म्यानुअल लिफ्टको सुविधा उपलब्ध छ ।

बसमा दुईवटा ह्वील चेयर अटाउने स्पेश छ । र, बसभित्र ह्वीलचियर अड्याएर सिटबेल्ट बाँधेर बस्न सकिन्छ ।

यी नयाँ बस झण्डै ११ मिटर लामा छन् । काठमाडौंका सडकमा यात्राका लागि यी बस सुविधाजनक, आकर्षक हुने मानिएको छ ।

Sajha Bus (11)
मोबाइल चार्ज सुविधा

बसको ढोका ड्राइभरले नै अटो खुल्ने लगाउने गर्न सक्छन् । यो बसमा ४ वटा भेन्टिलेटर दिइएको छ । यसले बसभित्र बस्दा यात्रुलाई अप्ठेरो महशुस हुने छैन । गाडीका विभिन्न भागमा मोबाइल चार्ज गर्ने सुविधा पनि दिइएको छ । अहिले चार्जिङ फेसिलिटी भएका एउटा पनि बस काठमाडौंभित्र गुड्दैनन् ।

बसमा ४० वटा सिट छन् । सीटहरु अन्य बसहरुको तुलनामा ठूला छन्, जसले अभिभावकसँग यात्रा गर्ने बालबालिकालाई सहज हुनेछ । बीचभागमा पर्याप्त स्पेशका साथै ३० वटा ह्यांगर छ, जसका कारण उँभिएर यात्रा गर्दा पनि कोचिएर बस्नु पर्नेछैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment