Comments Add Comment

नयाँ अवतारमा ‘बौद्ध स्तुपा’, हेर्नुस् १५ तस्वीर

bauddha-stupa-6
५ मंसिर, काठमाडौं । काठमाडौंको बौद्धनाथ क्षेत्रको स्तुपालाई हेर्ने र दर्शन गर्नेहरू दंग भेटिन्छन् । किनभने डेढ वर्षअघि भूकम्पको शिकार भएको बौद्ध एक वर्षपछि नै पुरानोभन्दा पनि चमकदार स्वरुपमा उभिएको छ । बौद्धले नयाँ जुनी पाएको छ भनौैं या नयाँ अवतार बदलेको छ ।

जे होस्, यसलाई माया गर्ने र यसलाई आस्थाको केन्द्र मान्नेहरुले आफ्नो सम्पदा फेरि ‘उज्यालो’ रुपमा जस्ताको तस्तै पाएका छन् ।

एउटै भूकम्पको धक्काले अस्तब्यस्त भएको स्वयम्भुनाथ क्षेत्र आज पनि उस्तै स्वरुपमा छ । धरहरा कसले बनाउने भन्ने नै टुंगिएको छैन । यसले धार्मिक, सांस्कृतिक र पुरतात्विक सम्पदालाई माया गर्ने धेरैको मनलाई बिझाउँछ ।

तर, बौद्धनाथ क्षेत्रमा पुग्नेहरुले नेपालमा ‘समयमै केही हुँदैन’ भन्न पाउने छैनन् । किनभने बौद्ध स्तुपाले आफ्नो पुरानो स्वरुप पाउन धेरै समय लगाएन । कारण एउटै छ-स्थानीयको जागरण र मिहेनत ।

bauddha-stupa-9
सरकारी तवरबाट पुरातात्विक सम्पदाका पुनर्निर्माणमा ढिलाइ भइरहँदा बौद्धनाथ क्षेत्र विकास समिति आफैंले यसलाई तदारुकताका साथ निर्माण गर्‍यो । भूकम्प गएको डेढवर्षमै बौद्धनाथ फेरि ‘चम्किलो’ भएको छ ।

नवजीवन पाएको बौद्ध स्तुपालाई तीन दिन लगाएर बौद्ध धर्मगुरुहरुले शद्धीकरण पूजा गरिसकेका छन् । अब यो सम्पदा धार्मिक र आध्यात्मिक धरोहरका रुपमा मात्रै हैन, द्रुत पुनर्निर्माणको एउटा नमूनाका रुपमा खडा भएको छ ।

यसले लिएको नयाँ अबतारले धेरैलाई लोभ्याएको छ । फेरि बौद्ध पर्यटकहरुको मुख्य आकर्षणको केन्द्र बन्नेछ भने यसको महत्व र गरीमा अझ बढेर जानेछ ।

bauddha-stupa-11

DCIM100GOPROGOPR0005.

bauddha-stupa-10

bauddha-stupa-4

bauddha-stupa-14
bauddha-stupa-10
bauddha-stupa-3
bauddha-stupa-7
bauddha-stupa-13
bauddha-stupa-15
bauddha-stupa-8
bauddha-stupa-2
bauddha-stupa-1

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment