Comments Add Comment

आलियाको नजरमा श्रद्धा भन्दा सोनाक्षी उत्कृष्ट नायिका

aliya-and-shradha-kapoor
बलिउडमा नायक-नायक, नायिका-नायिका विचको लडाइले सधै नै गसिप बजारमा उच्च स्थान पाइरहेको हुन्छ । अहिले बलिउडमा नायिकाहरुको शितयुद्धले धेरैलाई हैरान बनाएको छ ।

नयाँ पुस्ताका उदाउँदा दुई नायिका आलिया भट्ट र श्रद्धा कपुरविचको लडाई पनि अहिले मिडियाका लागि राम्रै मसला बनिरहेको छ । एकसाथ बलिउडमा प्रवेश गरेका र सफलता पनि सँगसँगै पछ्याइरहेका यी दुइविच शितयुद्ध चलिरहेको छ ।

अझ, आलियाका प्रेमी सिद्धार्थ मल्होत्रा र नायिका श्रद्धा कपुरविचको डेटिङको रुमरले चर्चा पाउँछ । यसैले पनि आलिया र श्रद्धा विच सम्बन्ध सुमधुर बन्न सकिरहेको छैन । हुनत, यो बर्ष ३ वटा हिट चलचित्र दिएर, आलिया केहि अगाडि पुगिसकेकी छिन् ।

हालै मात्र मिडिया कुराकानीका क्रममा आलियाले उत्कृष्ट अभिनय गर्ने नायिकाको सूचीमा श्रद्धाको ठाउँमा नायिका सोनाक्षी सिन्हालाई राखेकी छिन् ।
सोनाक्षी र श्रद्धामध्ये तपाइलाई कसको अभिनय उत्कृष्ट लाग्छ भन्ने प्रश्नमा, केहि पनि नसोची आलियाले सोनाक्षीको नाम लिएकी छिन् । आलियाले सोनाक्षीको नाम हतपत लिनुको पछाडि, यी दुई नायिकाको शितयुद्ध नै मुख्यकारण रहेको बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment