+
+
Shares

कतार नेपालको जलविद्युतमा लगानी गर्न इच्छुक

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर २० गते १५:०९

Doha-Qatar
२० मंसिर, काठमाडौं । कतार नेपालको जल विद्युत क्षेत्रमा लगानी गर्न इच्छुक देखिएको छ । कतारका राजदुत युसूफ महोम्मद अलीले नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीसँगको भेटमा नेपालको जलविद्युत क्षेत्रको विकासमा लगानी गर्न आफनो मुलुक इच्छुक रहेको बताए ।

काठमाडौको जमलस्थित चेम्बर अफ कर्मसको भवनमा सोमबार भएको भेटवार्ता दुई देशबीच हुने व्यापारका विविध क्षेत्रको विषयमा छलफल भएको थियो । राजदुत अलीसँगको भेट पछि संचारकर्मीसँग कुरा गर्दै नेपाल नेम्वर अव कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले कतार नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न इच्छुक रहेको बताए ।

उनले नेपाली कामदारलाई स्वदेशमै काम गर्ने अवसर सृजना गर्न पनि कतारले सहयोग गर्न सक्ने भन्दै राजदुत अलिको ध्यानाकर्षण गराइएको पनि जानकारी दिए ।

कतार नेपाली कामदारलाई रोजगारी दिने मुलुकहरुकेा अग्रपंक्तिमा पर्दछ । राजदुत अलिले नेपालमै रोजगारीकेा अवसर सृजना गर्न नेपालका व्यापारीहरुसँग आवश्यक परामर्श गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नु गरे ।

कतारले नेपालको जलविद्युत क्षेत्रको लगानीका लागि आवश्यक छलफल गर्न एक कम्पनीलाई नेपाल पठाउने तयारी गरेको चेम्बर अफ कमर्सका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

कतारले नेपाली कामदारलाई उच्च प्राथमिकता दिँदै रोजगारीको अवसर प्रदान गरेपछि नेपाल नेम्बर अफ कमर्सले त्यहाँको लगानी भित्रयाउन द्धिपक्षीय छलफललाई निरन्तरता दिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?