निर्माता छविराज ओझाले निर्माण गर्न लागेको चलचित्र ‘मंगलम’का लागि मुख्य कलाकार फाइनल भएका छन् । छविको ब्यानरमा नायक पुष्पल खड्काको इन्ट्री भएको छ । पुष्पल चलचित्र ‘दर्पण छाया २’बाट नेपाली चलचित्रमा भित्रिएका थिए । तुलसी घिमिरे जस्ता चर्चित निर्देशकसँग काम गरेका पुष्पलका लागि दोश्रो चलचित्र नै छविराजको ब्यानरमा पाउनु सुखद कुरा हो ।
चलचित्रलाई नवल नेपालले निर्देशन गर्दैछन् । जसले यसअगाडि चलचित्र ‘लज्जा’मा छविसँगै काम गरेका थिए । चलचित्रमा नायिका शिल्पा पोख्रेल मुख्य भूमिकामा हुनेछिन् । शिल्पाको साथमा चलचित्र ‘किस्मत २’मा काम गरेका नायक पृथ्वीराज प्रसाई ‘मंगलम’मा दोहोरिने भएका छन् ।
कलाकार मिथिला शर्मालाई पनि चलचित्रका लागि फाइनल गरिएको निर्देशक नेपालले जानकारी दिएका छन् । माघको पहिलो साताबाट चलचित्रको छायांकन सुरु हुनेछ ।
पारिवारिक कथावस्तुमा यो चलचित्र निर्माण हुने निर्देशकको भनाई छ ।
प्रतिक्रिया 4