यो बर्ष नायिका दीपिका पादुकोण र प्रियंका चोपडाको चर्चा खुबै भयो । बलिउडबाट हलिउड यात्रामा लागेपछि यी दुइले खुबै चर्चा पाए । तर, यी दुइका लागि यो बर्ष बलिउड यात्रा सुखद बनेन ।
यो बर्ष नायिका दीपिका पादुकोणको कुनै पनि चलचित्र रिलिज भएनन् । यो बर्ष उनी हलिउड चलचित्रमै व्यस्त बन्दा बलिउडमा ओझेलमा परिन् । तर, बर्षको अन्त्यतिर उनले चलचित्र ‘पद्यमावति’मा काम गरिरहेकी छिन्, जुन आउँदो बर्ष मात्र रिलिज हुनेछ ।
जसकाकारण, यो बर्ष दीपिकाको हात अवार्डबाट खाली हुनेछ । उनले अभिनय गरेको हलिउड चलचित्र पनि यो बर्ष रिलिज भएन । अर्की, नायिका प्रियंका चोपडा पनि हलिउड सिरियल र चलचित्रमा व्यस्त बनिन् ।
उनले यो बर्ष कुनै पनि चलचित्रमा अभिनय नै गरिनन् । उनी अभिनित चलचित्र ‘जय गंगाजल’ यो बर्ष रिलिज त भयो, तर पूर्ण रुपमा असफल भयो । जसकारकाण, यो बर्ष आलिया भट्टदेखि सोनम कपुरले बलिउड कब्जा गरे ।
प्रतिक्रिया 4