Comments Add Comment

मेरो छोरालाई म उत्कृष्ट फुटबलर होइन भनियोः रोनाल्डो

ronaldo

चार पटकका बेलोन डि’ओर विजेता क्रिष्टियानो रोनाल्डो आफ्ना आलोचकहरुबाट आफ्ना छोरालाई बचाउने प्रयास गरिरहेका छन् । साथै उनी छोराले पारिवारिक परम्परालाई निरन्तरता दिओस भन्ने उनी चाहन्छन् ।

यसको अर्थ उनी छोरालाई आफूजस्तै फुटबल फरवार्ड बनाउन चाहन्छन् । रोनाल्डोले भनेका छन् कि उनका छोराले फुटबल समर्थकहरुबाट सधैं आफ्ना पिताको बारेमा प्रशंसा सुन्न पाउँदैनन् । उनलाई सुनाउने गरिन्छ कि ‘तिम्रा पिताभन्दा उत्कृष्ट फुटबलर पनि छन् ।’

पछिल्लो १२ महिनाको बीचमा देशबाट युरो कप र क्लवका लागि च्याम्पियन्स लिगको उपाधि दिलाएका पोर्चुगिज तथा रियल मडि्रडका सुपरस्टार रोनाल्डोले यसै महिना चौथो पटक बेलोन डि’ओरको उपाधि जितेका थिए ।

तर रोनाल्डोका अनुसार आफ्नो सफलतामा इर्स्या गर्नेहरुले छोरालाई टार्गेट बनाउने गरेको आरोप लगाए ।

यहाँ केहि यस्ता मानिसहरु छन् जसले मेरो छोरालाई भन्ने गर्छन कि “यहाँ अर्का खेलाडी पनि छन् जो तिम्रा पिता भन्दा निक्कै उत्कृष्ट छन् । तर, उनीहरुसँग गर्नुपर्ने व्यवहारका बारेमा पनि मेरो छोरा जानकार छ’ रोनाल्डोले भने ।

इजिप्टको अन टिभीलाई दिएको अन्तर्वार्तामा रोनाल्डोले उनीभन्दा उत्कृष्ट रहस्यमय स्टार को हुनसक्छन् भनेर खुलाएनन् । ‘मेरो छोरा स्मार्ट छ, मै जस्तो । म अक्सर उसलाई भन्छु कि आफूमा विश्वास गर्नु र बिनम्र हुनु ।’

‘मलाई थाहा छ कि मेरो सफलताबाट इस्र्यालु मानिसहरुले म बिरुद्ध फैलाएको अफवाहका कारण उसले असहज मान्न सक्छ, तर म उसलाई एक खुसी बच्चाको रुपमा देख्छु ।

रोनाल्डोले यो पनि भने कि आफ्ना उत्तराधिकारीले आफ्नै पदचाप पछ्याएको खण्डमा उनी निक्कै खुसी हुनेछन् ।

‘पक्कै पनि, मेरो छोरा फुटबलर नै बनेमा मलाई खुसी मिल्नेछ ।’

‘मलाई यो पनि थाहा छ कि यो सहज काम होइन । तर उसलाई जे ठीक लाग्नेछ उ त्यही बन्छ । उसको भविश्यका लागि म दवाव दिन चाहन्न ।’

‘म उसलाई फुटबलर बनाउनका लागि केहि सुझावमूलक निर्देशन भने दिनेछु । तर, गोलरक्षकका लागि होइन, म उसलाई फरवार्ड बनाउन चाहन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment