+
+

इराकमा मारिएका १२ नेपालीका आफन्तले अमेरिकी कम्पनीविरुद्ध हालेको मुद्दा हारे

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष २० गते १८:१०

12-nepali-killed-in-iraq

२० पुस, काठमाडौं । इराकमा मारिएका १२ नेपालीका आफन्तले अमेरिकी कम्पनीविरुद्ध हालेको मुद्दा हारेका छन् । अमेरिकाको पुनरावेदन अदालतले अमेरिकी कम्पनी केलोग ब्राउन एण्ड रुट (केबीआर)कै पक्षमा फसला सुनाएको हो ।

सन् २००४ मा इराकस्थित अमेरिकी सैन्य अड्डामा काम गर्ने १२ नेपालीको अपहरणपछि हत्या भएको थियो । उनीहरुलाई केबीआर अन्तरगतको दाउद एण्ड पार्टनर्सले अम्मानस्थित एक लग्जरी होटलमा काम गर्न लैजाने भनेर इराक पुर्‍याएको दाबीसहित मृतकका आफन्त र अपहरणमा नपरेका नेपालीहरुले अमेरिकी कम्पनी केबीआरविरुद्ध अमेरिकी अदालतमा मुद्दा हालेका थिए ।

२०१३ मा अमेरिकी तल्लो अदालतले नेपालीहरुको विपक्षमा फैसला सुनायो । त्यसविरुद्ध परेको अपिलमा न्यू ओलियन्सको पुनरावेदन अदालतले पनि अमेरिकी कम्पनीकै पक्षमा फैसला सुनाएको छ ।

अदालतका तीन न्यायाधीशको इजलासमा भएको सुनुवाइका क्रममा बहुमतबाट यो निर्णय आएको हो । दुई न्यायाधीशले केबीआर अमेरिकी कम्पनी भएपनि सबै घटना विदेशमा भएकाले अमेरिकी अदालतको क्षेत्राधिकारमा नपर्ने मत राखे । एक न्यायाधीशले भने अमेरिकी सरकारकै लागि कामदार उपलब्ध गराउँदाको घटना भएको भन्दै अमेरिकी कानुन अनुसार हेर्नुपर्ने बताएका थिए ।

समाचार एजेन्सी रोयटर्सका अनुसार अमेरिकी पुनरावेदन अदालतले नेपालीको विपक्षमा फैसला सुनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?