Comments Add Comment

टी टकः मेरो मिल्ने साथी नै मेरी बहिनीः मेलिना राई

melina-rai
मेलिना राई अहिलेकी चर्चित गायिका हुन् । सयौं गीतमा स्वर दिएकी मेलिना स्टेजमा पनि राम्रो प्रभाव पार्ने गायिकाको रुपमा चिनिन्छिन् । घुम्नमा रुची राख्ने मेलिनासँग अनलाइनखबरले गरेको टी-टकः

बिहान कति बजे उठ्नुहुन्छ ?
ठ्याक्कै यति नै बजे भन्ने छैन । प्रायः ६ बजे उठ्छु । कहिले त आठ पनि बज्छ ।

उठेपछि के गर्नुहुन्छ ?
मर्निङवाक, योगा केहि गर्दिन । उठेपछि दुई गीलास पानी पिउछु र रियाज गर्छु । रियाज भ्याएसम्म गर्ने गरेकी छु ।

ब्रेकफाष्टमा के हुन्छ ?
घरमा हुँदा ब्रेकफाष्ट खासै हुँदैन । १० बजेतीर सिधै खाना खान्छु र बाहिर निस्कन्छु ।

तपाईको आजको सेड्युल ?
दुईटा सुटिङ सकाएर बेलुका गीत रेकडिङ गर्नुछ ।

भान्साको काम गर्नुहुन्छ कि हुन्न ?
भान्साको काम पनि गर्छु तर, म भन्दा धेरै मेरो ममी, अन्टी र बहिनीले गर्छन् ।

खाना बनाउन आउछ कि आउदैन ?
आउन त आउछ तर, कस्तो पकाउँछु म भन्न सक्दिनँ । खाने मान्छेलाई सोध्नु पर्छ ।

फेसबुक कत्तिको चलाउनुहुन्छ ?
फेसबुक त निकै चलाउँछु । फुर्सद भयो कि फेसबुक चलाएर बस्ने बानी छ ।

अहिलेसम्म कतिलाई ब्लक गर्नु भयो ?
त्यस्तै १०/१२ जना जतिलाइ गरेँ होला । फेक आइडी भएका र अनावश्यक कमेन्ट गर्नेलाइ ब्लक गरिदिन्छु ।

फुर्सदमा के गर्नुहुन्छ ?
फुर्सद भयो भने प्राय बहिनीसँग जिस्केर बस्छु । घुम्दा पनि निकै रमाईलो लाग्छ । घुम्ने काम त सांगीतिक टुरकै क्रममा हुन्छ ।

मिल्ने साथी कति छन् ?
मेरो सबै भन्दा मिल्ने साथी नै मेरो बहिनी हो । बहिनीसँग निकै कुरा मिल्छ ।

तपाईलाई मिठो लाग्ने कुरा के हो ?
मलाई खाने कुरामा नमिठो केही पनि लाग्दैन । मिक्स पिज्जा निकै मन पर्छ ।

सपना कत्तिको देख्नुहुन्छ ?
देख्छु तर, बिर्सन्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment