+
+
Shares

स्थानीय निर्वाचन गरेर मात्र संविधान संशोधन गरौंः शशांक कोइराला

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष २१ गते ११:४४

shashanka-kourala

२१ पुस, विराटनगर । नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले स्थानीय निकायको निर्वाचन गरेर मात्र संविधान संसोधन प्रकृयामा जानुपर्ने वताएका छन् ।

मुलुकमा जारी राजनीतिक गतिरोध अन्त्य गर्न दलहरु स्थानीय निकायको निर्वाचनका लागि तयार हुनुपर्ने कोइरालाको भनाई थियो ।

नेपाल प्रेस युनियन मोरङले आज विराटनगरमा गरेको पत्रकार सम्मेलनमा महामन्त्री कोइरालाले तहगत निर्वाचनमा जान अहिलेको अवस्थामा समय नरहेको भन्दै यथास्थितिमा नै स्थानीय निर्वाचन हुनु पर्ने धारणा राखे ।

महामन्त्री कोइरालाले स्थानीय निकायको निर्वाचन सम्पन्न गरेपछि दलहरुवीच छलफलको माध्यामवाट संविधान संशोधनको प्रकृयालाई टुंग्याउन सकिने बताए ।

अर्को प्रशंगमा कांग्रेस महामन्त्री कोइरालाले ८४ प्रतिशत हिन्दु धर्मालम्वी रहेको मुलकमा हिन्दू राष्ट्र वनाउने विषयमा कुरा उठ्नु स्वाभाविक रहेको बताए । उनले तीन तहको निर्वाचन सम्पन्न गरेर धर्मनिरपेक्षताका विषयलाई जमतसंग्रहवाट टंुग्याउन सकिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?