Comments Add Comment

रक्सौलमा भारतले मुद्रा सटही काउन्टर राख्ने, भारत जाने नेपालीलाई सहयोग पुग्ने

border
२७ पुस, काठमाडौं । भारतीय अर्थमन्त्रालयले बिहारको रक्सौलमा मुद्रा सटही सुविधा दिने काउन्टर सञ्चालनमा ल्याउँने भएको छ । टाइम्स अफ इण्डियामा प्रकाशित समाचार अनुसार नेपाल भारत सीमा क्षेत्रमा राख्न लागिएको यस काउन्टरको मुख्य उदेश्य नेपालबाट भारततर्फ जाने पर्यटकहरुको सुविधाको लागि हुनेछ ।

रक्सौलमा हाल भारतका १५ वटा राष्ट्रियस्तरका बैंक सञ्चालनमा रहेपनि मुद्रा सटही काउन्टर छैन् । समाचार अनुसार नेपाल भारत दुवै तर्फबाट दैनिक करिब २ हजार पर्यटकहरु आवतजावत गर्ने गर्छन् तर मुद्रा सटहीको असुविधा भोगिरहनु परेको छ ।

भारतीय प्रोफेसर स्वाम्भु सलाबले त्यहाका प्रधानमन्त्रीलाई पत्राचार गरेर कठिनार्य सुनाएपछि सरकारले यस्तो निर्णय गरेको समाचारमा उल्लेख गरिएको छ । प्रधानमनत्री नरेन्द्र मोदीले पनि जनवरी ४ मा प्रोफसरलाई पत्राचार गरेर यसमा अर्थमन्त्रालयले काम अगाडी बढाएको जानकारी दिएका थिए । भारतीय भन्सार बिभागको स्रोन उल्लेख गर्दै समाचारले त्यहा करिब ३० वटा अवैधानिक मुद्रा सटही काउण्टर भएपनि कुनै वैधानिक काउण्टर नभएको लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment