Comments Add Comment

नेविसंघ नेताहरूले भने- उमेर हद नहटाए स्ववियु चुनावमा भाग लिन्नौं

ne-bi-sangh-kathmandu
१३ माघ, काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले उमेर हद नहटाए स्ववियु चुनावमा भाग नलिने घोषणा गरेको छ । स्ववियु चुनावमा २८ वर्षे उमेर हद तोकेर त्रिभुवन विश्वविद्यालयले गम्भीर भूल गरेको नेविसंघको आरोप छ ।

बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी नेविसंघ जिल्ला कार्यसमिति काठमाडौंका सभापति मनोज वैद्यले उमेर हद तोकेर स्ववियु निर्वाचन गराउँछु भन्नु दिवा सपनामात्र हुने टिप्पणी गरे । आफूहरु फागुन १४ मै स्ववियु चुनाव हुनुपर्ने पक्षमा भए पनि उमेर हदको विपक्षमा रहेको उनले प्रष्ट पारे ।

‘हामी फागुन १४ गते नै निर्वाचन हुनपर्छ भन्नेमा छौं । तथापि चुनावको मिति घोषणा गर्दा कुनैपनि विद्यार्थी संगठनहरूका प्रतिनिधिहरूलाई बैठकमा नराखेर विश्व विद्यालयले गम्भीर भूल गरेको छ ।’

कार्यक्रममा उपाध्यक्ष सागर परियारले मिश्रित चुनाव प्रणाली र उमेरको हद तोकेर गरिने स्ववियु निर्वाचनमा नेविसंघले भाग नलिने बताए । उनले जबरजस्ती गर्न खोजे त्यसको प्रतिकार गर्ने चेतावनी समेत दिए ।

अर्की उपाध्यक्ष उर्मिला थपलियाले विद्यार्थी हुनका लागि उमेर आवश्यक नभए जस्तै विद्यार्थी आन्दोलन र विद्यार्थीको हकहितको लागि काम गर्नको लागि गठन हुने स्ववियुमा पनि उमेर हद तोकिन नहुने तर्क गरिन् ।

यो पनि पढ्नुहोस्

स्ववियु चुनावमा एक पटकका लागि उमेर हद नलगाउन नेविसंघको माग

अखिल क्रान्तिकारीले तोक्यो स्ववियु चुनावका कमाण्डर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment