+
+

अनमोललाई मित्रताले सेक्रेट लाइफबाट बाहिर निकाल्यो

अनलाइनखबर अनलाइनखबर
२०७३ माघ १७ गते १२:२७


नायक अनमोल केसी यतिबेला सेक्रेट लाइफ जिइरहेका छन् । नेपालमा कमै मात्र यस्ता कलाकार हुन्छन्, जो आफ्नो गेटअप लुकाउनका लागि गोप्य रुपमा जीवन जिउँछन् ।

तर, सानो नगरिमा गोप्य रुपमा बस्न त्यती सजिलो छैन । चलचित्र ‘कृ’का लागि नायक केसीले कपाल पालेका छन्, शरीर बनाइरहेका छन् । उनकै कारणले चलचित्रको घोषणा भएको आधा बर्ष भैसक्दा पनि छायांकन सुरु हुन सकेको छैन ।

उनी, यो गेटअप सार्वजनिक गर्न चाहँदैनन् । अनमोलको फरक गेटअप चलचित्रको फस्टलुक सार्वजनिक हुँदा मात्र रिलिज गर्ने योजना यसको निर्माणपक्षको छ ।
तर, आइतबार बेलुकी भने अनमोललाई सार्वजनिक स्थानमा निस्कनै पर्‍यो । निर्देशक शोभित बस्नेतका छोरा तथा अनमोलका मिल्ने साथी नायक सलोन बस्नेतको ब्रतबन्ध र त्यसपछि आयोजना गरिएको पार्टीमा चलचित्रकर्मीहरु पुगे ।

सो समारोहमा नायक भूवन केसी छोरा अनमोल केसीको साथमा पुगेका थिए । अनमोलले आफ्नो लामो कपाल क्याप लगाएर छोपेका थिए । दर्जन बढी कलाकार नायक सलोन बस्नेतलाई शुभकामना दिन र शोभितको निम्तो मान्न पुगेका थिए । आफ्ना नजिकका मित्रको शुभकाममा नपुग्दा पनि नहुने, पुग्दा पनि लामो समयदेखि लुकाएको गेटअप सार्वजनिक होला भन्ने पिर अनमोलमा थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?