+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
85/10 (19.1)
VS
७८ बलमा ३ रन आवश्यक
लुम्बिनी लायन्स 2025
83/2 (6.6)
Shares

खोटाङमा थप सोह्र टेलिफोन टावर जडान गर्ने तयारी

रासस रासस
२०७३ माघ २८ गते १०:३८

२८ माघ, खोटाङ, । सेवाग्राहीको समस्यालाई मध्यनजर गर्दै नेपाल टेलिकम खोटाङले जिल्लाका १६ स्थानमा टेलिफोन टावर जडान गर्ने तयारी गरेको छ ।

दिक्तेलको पुरानो बेसक्याम्प र रत्नपार्कमा थ्रीजी सहितको जिएसएम मोबाइल टावर जडान गर्ने तयारी गरेको टेलिकमले यसै चालु आर्थिक वर्षभित्र जिल्लाका थप १४ स्थानमा पनि टेलिफोन टावर जडान गर्ने तयारी गरेको हो ।

टेलिफोन टावर जडान गर्न भौतिक तथा प्राविधिक अध्ययन भइसकेको र सामान पनि ल्याउन थालिएको टेलिकमका प्रमुख भरोसी साहले जानकारी दिए । “सदरमुकाम दिक्तेलकै केही क्षेत्र र जिल्लाका धेरै ठाउँबाट मोबाइलले राम्रो काम नगरेको जनगुनासो आएको छ,” उनले भने, “टेलिफोन टावर जडान गरेपछि सेवाग्राहीको सबै समस्या समाधान हुन्छ ।”

टेलिकमले दिक्तेलको दुई ठाउँका साथै बाहुनीडाँडा, बाम्राङ, बराहपोखरी, खार्पा, बतासे, सप्तेश्वर, बुइपा, फेदी, रतन्छा, सल्ले, स–छितापोखरी, सावाकटहरे, सिम्पानी र काहुले गाविसमा टावर जडान गर्नेछ । टेलिफोन टावरका लागि आवश्यक उपकरण ल्याउने काम भइरहेको टेलिकमले जनाएको छ । त्यसो त खोटाङ पहिलेको भन्दा सञ्चार सुविधामा अग्रस्थानमा आएको छ ।

यसअघि जिल्लामा तीनसय ५० थान ल्यान्डलाइन टेलिफोन र केही सङ्ख्यामा मोबाइल सेवा सञ्चालनमा आएको जिल्लामा अहिले करिब दुई हजारको हाराहारीमा ल्यान्डलाइन टेलिफोन विस्तार गरिएको छ । जिल्लाको धार्मिक तथा पर्यटकीयस्थल हलेसी, चिसापानी, ऐँसेलुखर्क र खोटाङबजारमा ल्यान्डलाइन टेलिफोन विस्तार भइसकेको छ ।

जिल्लामा लाखौँको सङ्ख्यामा नमस्ते र स्काई फोन चलाउने सेवाग्राही छन् । टेलिकमबाट मात्रै ४१ हजार तीनसय ४२ थान जिएसएम सेवाअन्तर्गत नमस्ते मोबाइलको सिम वितरण गरिएको र १० हजार दुईसय ४८ वटा सिडिएमए र स्काई फोनको कार्ड वितरण गरिएको जनाइएको छ ।

इन्टरनेट सेवाअन्तर्गत जिल्लामा दुईसय ६६ ल्यान्डलाइन टेलिफोनमार्फत उपभोक्ताले एडिएसएल सेवा सञ्चालन गरिरहेका छन् ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?