Comments Add Comment

विदेशिने युवा घटे, रेमिट्यान्समा देखियो प्रत्यक्ष प्रभाव


७ फागुन, काठमाडौं । नेपालबाट वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या लगातार घटेपछि विदेशबाट आउने रेमिट्यान्सको वृद्धिदरमा पनि प्रभाव परेको छ । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा विदेशबाट आउने रेमिट्यान्सको वृद्धिदरमा १२ प्रतिशतले कमी आएको छ ।

विदेशबाट नेपालीले आर्जन गरेर पठाउने रकमको वृद्धि अनुपात लगातार ओरालो लाग्दा त्यसले अर्थतन्त्रमा पार्नसक्ने देखिएको छ ।

नेपाल राष्ट्र बैंककाअनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह ५.७ प्रतिशतले वृद्धि भई ३४२ अर्ब २३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७.३ प्रतिशतले वृद्धि भएको थियो ।

खुद ट्रान्सफर आय ५.६ प्रतिशतले वृद्धि भई ३९९ अर्ब ९८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय २०.५ प्रतिशतले बढेको थियो ।

विदेशिने घटेको घट्यै

रेमिटरयान्स आप्रवाहलाई प्रत्यक्ष प्रभाव पार्ने वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकहरुको संख्यामा कमी आएका कारण पनि वृद्धिदर प्रभावित भएको हो ।

यो अवधिमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या गत वर्षको सोही अवधिको तुलनामा ९.९ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २२.५ प्रतिशतले घटेको थियो ।

यो वर्षको पहिलो ६ महिनाको अवधिमा १ लाख ८९ हजार ४ सय ३३ जना नेपाली कामका लागि विदेशिएका छन् । मलेसिया र साउदीको रोजगारीमा देखिएको संकट नै विदेश जानेको संख्या घट्नुको मूल कारण मानिएको छ । साउदीमा चुलिएको आर्थिक संकटले पनि यसमा ठूलो प्रभाव पारेको छ ।

विदेश जानेको संख्या लगातार घटिरहनुले रेमिट्यान्सको वृद्धिदरलाई प्रभावित गरेको छ । अहिलेसम्म ब्यापार घाटाको बिकराल अवस्थालाई थेग्नेसक्ने गरी रेमिट्यान्स परिचालित भइरहेको छ ।

तर, आयातको दर बढेको बढ्यै गर्नु र रेमिट्यान्सको वृद्धिदर घट्नुले अर्थतन्त्रलाई नकारात्मक प्रभाव पार्नसक्ने विज्ञहरु बताउँछन् । विदेशमा कार्यरत ठूलो नेपाली जनशक्तिले पठाइरहेको रेमिट्यान्स उपभोगमै खर्च हुने प्रवृत्तिले पनि समस्या परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment