नायक अनमोल केसीलाई अहिले निकै गाह्रो छ । चलचित्र ‘कृ’को छायांकन सुरु नभएकाले पनि उनलाई यसको लुक सार्वजनिक होला कि भन्ने पिर छ । यहि, चलचित्रको गेटअप लुकाउनका लागि उनी घरबाट बाहिर निस्किएका छैनन् भने, कतै जानु परिहालेको खण्डमा बढ्दै गरेको कपाल लुकाएर जाने गरेका छन् ।
तर, अनमोलको बढ्दै गरेको लामो कपाल जति लुकाएपनि लुक्न सकेन । कलाकार महादेव त्रिपाठीले नायक अनमोल केसीको गेटअप सार्वजनिक गरिदिएका छन् ।
अनमोलसँग महादेव उनले निर्माण गरेको चलचित्र ‘जोकर’को बिषयमा छलफल गर्न उनको घरमा पुगेका थिए । सोहि, समयमा उनले खिचेको सेल्फीमा अनमोलको लामो कपाल प्रष्ट देखिन्छ ।
चलचित्र ‘कृ’मा अनमोलको लामो कपाल देख्न सकिनेछ । छायांकनमा जानु भन्दा केहि दिन अगाडि मात्र अनमोलको लुक सार्वजनिक भएको छ । तर, उनको यो लुकले उनका फ्यानमा अझ कौतुहलता बढाउने पक्का छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4