+
+

सप्तरीका सीडीओले भने- कार्यक्रम शान्तिपूर्ण नभए बल प्रयोग हुन्छ

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन २२ गते २१:२९

२२ फागुन काठमाडौं । नेकपा एमालेको मेची-महाकाली अभियान र प्रतिरोध गर्ने मधेसी मोर्चाको तयारीका कारण सप्तरीमा तनाव बढेको छ ।

एमालेले राज रंगशालामा गर्ने भनेको जनसभालाई औद्योगिक क्षेत्रभित्र सारेको छ । तर, मधेसी मोर्चाका कार्यकर्ताले त्यहाँ पनि तालाबन्दी गरेका छन् ।

एमालेको कार्यक्रम रोक्न भन्दै मोर्चाले भोलि प्रदर्शन कार्यक्रम राखेपछि स्थानीयमा त्रास छाएको छ ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी उद्धवप्रसाद तिमल्सिनाले दुबै पक्षसँग बारम्बार छलफल गरेपनि कोहि पनि आफ्नो अडानबाट पछि नहटेको बताएका छन् ।

तथापि दुबैले शान्तिपूर्ण तरिकाले कार्यक्रम गर्नेमा आफू आशावादी रहेको उनले बताए । ‘कार्यक्रम शान्तिपूर्ण नभए बल प्रयोग गरिन्छ,’ प्रजिअ तिमल्सिनाले अनलाइनखबरसँग भने, ‘शान्तिपूर्ण भए हामी दुबैलाई सहयोग गर्‍छौं ।’

तनाव देखिए लगत्तै बल प्रयोग हुने बताउँदै उनले यसबाट सबैलाई घाटा हुने बताए ।

सुरक्षा तयारी गरिसकिएको बताउँदै उनले सोमबार १३ सय सुरक्षाकर्मी परिचालन हुने बताए । उनका अनुसार नेपाल र सशस्त्र प्रहरी परिचालन गरिनेछ । सप्तरीबाहेक बाहिर जिल्लाबाट पनि सुरक्षाकर्मी मगाइएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?