+
+
Shares

बिहीबारदेखि युएईका सातै इमिरेट्समा लुट-२ प्रदर्शन हुँदै

आरपी सहयात्री आरपी सहयात्री
२०७३ फागुन २४ गते ११:२३

 

युएई । ब्लकबस्टर चलचित्र लुटको सिक्वेल लुट-२ युएईका सातै इमिरेट्समा आगामी बिहीबारदेखि एकसाथ प्रदर्शनमा आउने भएको छ ।

नेपालमा गत फागुन १४ देखि प्रदर्शन भइसकेको चलचित्र आगामी मार्च ९ देखि युएईभर प्रदर्शन हुन लागेको वितरक समूह कन्सेप्ट भिजनका राजन अधिकारीले अनलाइनखबरलाई जानकारी दिए ।

युएईमै धेरै हल भएको भक्स सिनेमा, स्टार सिनेमा, नोभो सिनेमा र बलिउड सिनेमाघरहरुमा एकसाथ प्रदर्शन हुन लागेको यो चलचित्रले उल्लेख्य नेपाली दर्शकहरु पाउने वितरक सालिक सुवेदीले दावी गरेका छन् ।

रासअल क्षेत्रमा रहेका नेपालीहरुले व्यग्रताका साथ लुट-२ को प्रतीक्षा गरेको विरतण सहयोगी एनआरएनका सदस्य रेशम लामाले बताए ।

अनलाइनबाट पनि टिकट बुक गर्न सकिने जानकारी दिँदै फुजेरामा पनि यस फिल्मले राम्रो व्यापार गर्ने वितरणमा सहयोग गरिरहेका नमस्ते रेस्टुरेन्टका सञ्चालक सुजन सापकोटाले बताए ।

बरदुबई र अबुधाबीका हलहरुमा छक्कापन्जा प्रर्दशनको रेकर्ड लुट-२ ले तोड्ने वितरण समूह कन्सेप्ट भिजनको विश्वास छ ।

यो समूहले केही महिनायता चर्चित नेपाली चलचित्रहरु नियमित प्रदर्शन गरिरहेको छ । मध्यपूर्वभरि नै नेपाली चलचित्रको बजार विस्तार गर्ने योजना लिएको कन्सेप्ट भिजनले लुट-२ को प्रदर्शन कतारमा पनि गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?