Comments Add Comment

बिवापछि यसरी गरौं रोमान्टिक हनिमुनको तयारी

बिवाहपछि कहाँ हनिमुन मनाउने, कसरी मनाउने ? नव-दम्पतीका लागि कौतुलहलताको बिषय बन्छ । किनभने पती-पत्नीका निम्ती यो स्मरणिय अनुभव संगाल्ने एउटा अवसर हो, जो फेरी कहिल्यै मिल्दैन ।

त्यसैले हनिमुनका लागि यस्तो तयारी आवश्यक हुन्छ, जसले पछि कुनै गुनासो नरहोस् ।

बैवाहिक झमेला, तनाव, धपेडी सबैलाई भुलेर उन्मुक्त रमाइलो गर्नका लागि हनिमुनको योजना बनाउन सकिन्छ । यसले दुबैको सम्बन्धलाई थप प्रगाढ बनाउन मद्दत मिल्छ । यद्यपी हनिमुनअघि केहि द्विविधा हुन्छ, कहाँ जाने, के गर्ने ?

बिवाहअघि नै तयारी गरौं

बिवाहपछि हनिमुन बुकिङ लगायत अन्य झन्झटबाट मुक्त हुने राम्रो तरिका हो, बिवाहअघि नै हनिमुनको बन्दोबस्ती मिलाउने । यसले गर्दा पछि अनावश्यक झै-झमेला सहनुपर्दैन । हनिमुन नव-बिवाहित जोडीका लागि एक खास यात्रा हो, त्यसैले यसका निम्ति परिवारले उनीहरुमाथि कुनै बाधा खडा गरिदिनु हुँदैन ।

पार्टनरलाई रुची र अरुचीका कुरा बुझौं

बिवाहपछि त पार्टनरले के मन पराउँछ, के मन पराउँदैन भन्ने कुरा बुझ्नुपर्ने नै हुन्छ । यसको पूर्व अभ्यास हनिमुनमा गर्न सकिन्छ । हनिमुनको समयमा आफ्नो पार्टनरले कस्तो स्थान मन पराउँछन्, कस्तो पहिरन रुचाउँछन्, कस्तो खानेकुरा स्वादिलो मान्छन् भन्ने कुरा बुझ्नुपर्छ । यसले एकअर्काको रुची बुझ्ने मौका समेत दिन्छ ।

सरप्राइजको तयारी गरौं

हनिमुनलाई स्मरणिय बनाउन केहि नयाँ तौर तरिका अपनाउन सकिन्छ । चाहे, उनलाई उपहार दिएर हुन्छ वा क्यान्डिल लाइटमा डिनर गराएर, पार्टनरलाई ‘स्पेशल फिल’ गराउनु पर्छ ।

केहि सतर्कता

– आफुले छनौट गरेको हनिमुन डेस्टिनेशन अनुसार पहिरनको जोहो गर्नुपर्छ । यसका साथै केहि छुटै पहिरन पनि बोक्न सकिन्छ, जसले रोमान्टिक महसुष गराउँछ ।

–    हनिमुन डेस्टिनेशनको हावापानीबारे ख्याल राख्नैपर्छ । यस्तो ठाँउलाई गन्तव्य बनाउनु हुँदैन, जहाँ मौसमको कारण बाधा उत्पन्न हुन्छ ।

–    सौन्दर्य प्रसाधनको लागि छुटै व्यवस्था गर्नुपर्छ । साथै मेडिकल किट पनि लान भुल्नु हुँदैन ।

–    सकेसम्म एटिएम कार्ड प्रयोग गरौं ।

–    यात्रा थाल्नुअघि नै आफु पुग्ने स्थानको होटल बुक गराउनुपर्छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment