१४ चैत, काठमाडौं । अमेरिकी राजनीतिमा डोनाल्ड ट्रम्पको उदयपछि त्यहाँका विश्व विद्यालयहरुमा विदेशी विद्यार्थीहरुको आवेदन हृवात्तै घटेको छ ।
अमेरिकाका २५० कलेज तथा विश्व विद्यालयहरुमा गरिएको सर्वेक्षणले अमेरिमा अध्ययन गर्न चाहने विद्यार्थीहृरुको संख्या ४० प्रतिशतले घटेको देखाएको छ । ओपन डोर्स २०१६ को पूर्ण रिपोर्ट अर्को साता सार्वजनिक हुनेछ ।
तर, प्रारम्भीक रिपोर्टमा भारत, चीनसहितका देशका विद्यार्थीको संख्या घटेको देखिएको छ ।
अमेरिकामा अध्ययनरत विदेशी विद्यार्थीहरुको झण्डै आधा अर्थात ४७ प्रतिशत भारतीय र चिािनयाँ मात्र छन् । तर, पछिल्लो पटक चीनबाट पर्ने अध्ययनका लागि २५ प्रतिशत अण्डरग्राजुएट र ३२ प्रतिशत ग्राजुएट आवेदन कमी भएको छ ।
यस्तै भारतबाट २६ प्रतिशत अण्डरग्राजुएट र १३ प्रतिशत ग्राजुएट आवेदन कम भएको छ ।
नेपालसहित चीन र भारतका विद्यार्थी र उनका अभिभावकहरुको चिन्ता अमेरिकी दूताबासहरुले भिसा अस्वीकृत गर्ने रहेको समेत सर्वेले देखाएको छ ।
प्रतिक्रिया 4