+
+

केटालाई कसरी केटी बनाइन्छ ? यसरी हुन्छ लिंग परिवर्तन

अनलाइनखबर अनलाइनखबर
२०७३ चैत २१ गते १४:२५

हास्य कलाकार सन्तोष पन्तको छोराले लिंग परिवर्तन गरेर छोरी बनिन्, क्याटलिन पन्त । त्यस्तै, नुवाकोटका एक युवाले पनि लिंग परिवर्तन गरेर मोडल ‘अञ्जली लामा’ बनिन् । उनले ल्याक्मी फेसन विकमा क्याटवक समेत गरिसकेकी छिन्, जो भारतकै चर्चित र्‍याम्प शो हो ।

खोज्दै जाने हो भने, यस्ता अरुपनि उदाहरण छन् जसले लिंग परिवर्तन गरेर केटाबाट केटी एवं केटीबाट केटा बने । लिंग परिवर्तन अहिले सामन्य र स्विकार्य छ, समाजमा । त्यही कारण लिंग परिवर्तन गरेर आफ्नो इच्छा अनुसार पुरुष/महिला बन्ने ट्रेन्ड मौलाएको छ । बर्तमान समाजले स्विकारेको यो प्रक्रिया विगतमा कल्पना बाहिरको कुरा थियो ।

वास्तवमा यो अनौठो प्रक्रिया पनि हो । केटाको रुपमा जन्मिएका व्यक्ति कसरी केटी बन्छ ? वा केटीलाई कसरी केटा बनाइन्छ ?

कति यस्ता हुन्छन्, जसलाई आफु जुन रुपमा -केटा/केटी) जन्मिएको हो, सो स्विकार्य वा रुचीकर हुँदैन । आफु जन्मिएको भन्दा बिपरित लिंगको स्वभाव, प्रवृत्ति उनीहरुमा हावी हुन्छ । त्यही कारण उनीहरु आफ्नो लिंग बदल्न चाहन्छन्, ताकि जीवनभर आफ्नो इच्छा अनुसारको जीवन व्यतित गर्न सकियोस् । यसरी एक लिंगबाट आफुलाई दोस्रो लिंगमा रुपान्तरण गर्न सहज छैन, यद्यपी असम्भव पनि छैन ।

स्वंमलाई मानसिक रुपले तयार गर्ने

यदि आफुले लिंग बदल्न चाहेको हो भने, त्यसका लागि मानसिक रुपले क्रमस स्वंमलाई तयार गर्दै लानुपर्छ । जब आफु तयार भइन्छ, तब सोहि अनुसार वातावरण आफु अनुकुल बनाउँदै लानुपर्छ ।

गुप्ताङ परिवर्तन गर्ने प्रक्रिया

कुनै पुरुषको गुप्ताङ महिलामा परिवर्तन गर्नु एक लामो प्रक्रिया हो । युरोपियन सोसाइटी अफ युरोलोजीले एक एनिमेशनको मद्दतले यस प्रक्रियाको बारेमा जानकारी दिएको थियो । जसमा कसरी लिंग बदलेर पुरुषको लिंगलाई महिलाको योनीको रुप दिइन्छ ।

शल्यक्रियाअघि केहि परीक्षण

जब शल्याक्रिया हुन्छ, पुरुषको लिंगको स्थानमा योनी बनाइन्छ वा योनीको स्थानमा लिंग । यसमा उनीहरुले यौन सन्तुष्टि प्राप्त गर्न सक्छन् । तर, यो शल्याक्रियाअघि उनीहरुको मनोवैज्ञानिक परीक्षण हुन्छ । साथै उनीहरुको स्वास्थ्यको पनि पुरै परीक्षण हुन्छ, ताकि शल्याक्रियापछि उनीहरु वास्तवमै बद्लिन्छन कि बद्लिदैनन् भनेर । किनभने शल्याक्रियासँगै उनीहरु भौतिक रुपमा मात्र होइन, मानसिक हिसाबले पनि बदलिनुपर्छ ।

१८ महिनाको अभ्यास

आफ्नो लिंग बदलेर दोस्रो लिंगमा रुपान्तरण हुन चाहनेले सुरुमा विपरितलिंगीको संगत गर्नुपर्छ, १८ महिनासम्म । जस्तो कुनै पुरुष महिला बन्न चाहन्छन् भने, उसले १८ महिना महिलाको संगत गर्नुपर्छ । महिलाकै जीवनशैली अनुसरण गर्नुपर्छ । साथै हर्मोन थेरापी पनि गराउनुपर्छ ।

त्यसपछि खुट्टाको दुबैतर्फ चिरेर शल्यक्रिया गर्ने स्थान बनाइन्छ । अन्डाशय बाहिर निकालिन्छ । एवं प्रक्रियाले लिंगलाई योनीको आकारमा बदलिन्छ ।

लिंगको तीन किसिमको नसालाई अलग गरिन्छ । जस्तो कि जुन अंगले लिंगको महसुष गराउँछ, जहाँबाट पिसाव र विर्य श्राव हुन्छ, ति सबैलाई अलग गरिन्छ । पिसाब उत्पादन हुने स्थानलाई छाडेर बाँकी अंग काटिन्छ । लिंगलाई योनीको आकारमा बदलिन्छ र योनीद्वार बनाइन्छ ।

६ घण्टासम्मको शल्याक्रिया

यो शल्याक्रिया लगातार ६ घण्टासम्म चल्न सक्छ । अध्ययनहरुमा पाइएको छ कि, लिंग परिवर्तन पछि उनीहरु राम्रो यौन जीवन जीउन सक्छन् । जसरी पुरुषबाट महिलामा रुपान्तरण हुन्छन्, उसैगरी महिलालाई पनि पुरुष बनाइन्छ ।

– मेडिकल साइन्सको सहयोगले पुरुष बन्न अलि गाह्रो छ । तर, महिला बन्न सजिलो छ ।

– अढाई बर्षको अवधीमा चिकित्सकाले करिव ६ वटा शल्यक्रियाबाट लिंग परिवर्तन गरिदिन सक्छ ।

– लिंग परिवर्तन प्रक्रियाको प्रारम्भमा आवश्यक्ता अनुरुपको (पुरुषलाई महिला/महिलालाई पुरुषको) हर्मोनको डोज दिन सुरु गरिन्छ ।

– हर्मोनको निश्चित डोज दिएपछि शल्याक्रिया सुरु गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?