+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
38/0 (4.4)
VS
चितवन राइनोज 2025
0/0
Shares

आइजीपी नियुक्तिविरुद्ध सर्वोच्चमा रीट, अवहेलनामा दोस्रो मुद्दा दर्ता गरिने

अनलाइनखबर अनलाइनखबर
२०७३ चैत २९ गते १३:२८

२९ चैत, काठमाडौं । आफूलाई आइजीपी बनाउन माग गर्दै डीआइजी नवराज सिलवाल सर्वोच्च अदालतमा पुगेका छन् । मंगलबार बिहान सिलवालले दर्ता गराएको रीटमा बुधबारका लागि पेशी तोकेको छ ।

डीआइजी सिलवालले सर्वोच्च अदालतमा दुईवटा मुद्दा दर्ता गराउँदैछन् । दोस्रो मुद्दा अदालतको अवहेलना सम्बन्धमा छ । अवहेलना मुद्दा पनि मंगलबार नै दर्ता गरिने स्रोतले अनलाइनखबरलाई जानकारी दियो ।

सरकारले सोमबार साँझ प्रकाश अर्याललाई आइजीपीमा नियुक्त गरेपछि डीआइजी सिलवाल रिट लिएर अदालत पुगेका हुन् ।

सिलवालबाट दर्ता गरिएको रिट निवेदनमा अर्यालको नियुक्ति खारेज गरी आफूलाई आइजीपी बनाउन माग गरिएको छ ।

आफू ज्येष्ठ डीआइजी हुँदाहुँदै र सर्वोच्च अदालतका पाँचजना न्यायाधीशले गरेको फैसलाविपरीत अनधिकृत एवं कीर्ते फाइल खडा गरेर अर्याललाई आइजीपी नियुक्त गरिएको सिलवालको रिट निवेदनमा जिकिर छ ।

बरिष्ठ अधिवक्ता शम्भु थापा लगायतको कानूनी परामर्शअनुसार डीआइजी सिलवालले रीट दर्ता गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?