+
+
Shares

वार्षिक आयातमा ३५ प्रतिशत मूल्य छल्छन् व्यापारी

पुँजी पलायनको जोखिम बढ्दो

अनलाइनखबर अनलाइनखबर
२०७३ चैत ३० गते १२:०३


३० चैत, काठमाडौं । भारतबाट नेपाल तर्फ हुने वस्तु आयात (पेट्रोलियम पदार्थ बाहेक) मध्ये ३५ प्रतिशत अनौपचारिक रुपमा आउने गरेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको आयातको भुक्तानी प्रवृत्तिको अध्ययनले यस्तो देखाएको हो । राष्ट्र बैंकले भारतको भन्सारबाट नेपाल तर्फ भएको निर्यातको तथ्यांक र नेपाली भन्सारबाट देखिएको भारतबाट भएको आयातको तथ्यांकको तुलना गर्दा यस्तो देखिएको हो ।

यसमा अनौपचारिक तरिकाले मालसामान नेपाल भित्रनेभन्दा पनि न्युन बिजकीकरण अर्थात् आयात गर्ने बस्तुको मूल्य कम देखाएर भन्सार छल्ने प्रवृत्तिले बढि काम गरेको देखिन्छ ।

राष्ट्र बैंकले २०६४/६५ देखि करिब ९ वर्षको (चालु आवको तथ्यांक भने चैत मध्यसम्म) भारतको भन्सारबाट नेपाल तर्फ औपचारिक रुपमा भएको निर्यातको अभिलेख र नेपाली भन्सारबाट देखिएको भारतबाट भएको औपचारिक आयातको अभिलेखको तुलना गरेर निकालिएको हो ।

यसअनुसार आयात गर्दा मात्र होइन नेपालबाट भारत नियात भएको बस्तुको भुक्तानीमा समेत फरक देखिएको छ । निर्यात गर्दा १६ प्रतिशतसम्म बढी रकम फरक देखिएको छ । यसले यहा निर्यातबाट भने बढी रकम प्राप्त भएको देखाइएको छ ।

अभिलेखको आधारमा हेर्दा भने नाकावन्दी ताका आयात रकममा निकै कम (७ प्रतिशत) ले फरक देखिएको छ । सबैभन्दा धेरै फरक २०६६/६७ मा -५९ प्रतिशत) देखिएको छ ।

आव २०७२/७३ मा बस्तु आयातको भुक्तानी ४७ प्रतिशत प्रतित पत्रबाट भएको देखिन्छ भने अन्य माध्यममा ड्राफ्ट, टिटि, नगद भुक्तानी लगायतका माध्यम प्रयोग हुने गरेको छ ।

राष्ट्र बैंकले यो अध्ययनबाट पुँजी पलायनको सम्भावना रहेको, विप्रेषण रकमको दुरुपयोगको अवस्था रहेको तर्फ सचेत समेत गराएको छ । त्यस्तै, यसको समाधानको लागि भुक्तानी प्रक्रिया सरलीकरण गर्नुपर्ने सुझाव समेत राष्ट्र बैंकले दिएको छ ।

हाल नेपालमा हुने कुल वस्तु व्यापारमा भारतको हिस्सा ६१ प्रतिशत र चीनको हिस्सा १४ प्रतिशत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?