३ बैशाख, काठमाडौं । दक्षिण कोरिया र अमेरिकी सैन्य अधिकारीहरुले भनेका छन् कि उत्तर कोरियाले आफ्नो पूर्वी तटमा एक मिसाइल परीक्षणको प्रयास गरेको छ । तर, उनीहरुलार्इ शंका छ कि यो असफल भयो ।
एक ब्यालेस्टिक मिसाइल पत्ता लागेको तर, त्यो तत्कालै विस्फोट भएको अमेरिकाले बताएको छ ।
यो खबर यस्तो समयमा आएको छ, जसको एक दिनअघि मात्र उत्तर कोरियाले अमेरिकी परमाणु आक्रमणको जवाफ दिन आफू तयार रहेको बताएको थियो ।
उत्तर कोरियाले यसअघि नै पाँच परमाणुका साथै थुप्रै मिसाइल परीक्षण गरिसकेको छ ।
यसैबीच अमेरिकी उपराष्ट्रपति माइक पेन्स दक्षिण कोरिया जाँदैछन् । उनले त्यहाँ उत्तर कोरियाको परमाणु कार्यक्रमको सामना गर्नेबारे छलफल गर्ने अनुमान छ ।
उत्तर कोरियाले आफ्नो उत्तरी बन्दरगाह सिन्पोको एक अज्ञात मिसाइल टेष्टको प्रयास गरेको दक्षिण कोरियाको रक्षा मन्त्रालयले बताएको छ । तर, यो प्रक्षेपण गरेको केहीबेरमा नै विस्फोट भएको अमेरिकी नौसेनाका एक कमाण्डरले बताए ।
प्रतिक्रिया 4