+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

न्याभको मल्टिकल्चरल क्रिकेट टुर्नामेन्ट सम्पन्न

श्रीलङ्कन टिमले उपाधी हात पार्‍यो

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख ५ गते १०:३६

१८ अप्रील, मेलबर्न । नेपाली एसोसिएसन अफ भिक्टोरियाको आयोजनामा सञ्चालन रिएको पहिलो न्याभ मल्टिकल्चरल क्रिकेट टुर्नामेन्ट सम्पन्न भएको छ ।

गत अप्रील १४ मा सुरुभएको टुर्नामेन्ट यही अप्रील १६ मा सकिएको हो । टुर्नामेन्टमा नेपाली, बङ्लादेशी, भारतीय, श्रीलङ्कन र भुटनीज टिमको सहभागिता रहेको थियो ।

टुर्नामेन्टको अन्तिम दिन गत आईतबार सेमिफाइनल र फाइनल खेलहरु भएका थिए । जसमा भारतीय क्रिकेट टिम शक्ति लायन्सलाई सात विकेटले हराउदै श्रीलङ्कन क्रिकेट टिम नर्दन लायन्सले उपाधी हात पारेको छ ।

टस जितेर पहिले ब्याटिङ रोजेको शक्ति लायन्सले २० ओभर खेलेर ८ विकेटको क्षतिमा एक सय १४ रन बनायो भने जबाफमा उत्रिएको श्रीलङ्कन टिम नर्दन लायन्सले १७ ओभर खेलेर जम्मा तीन वीकेटको क्षतिमा लक्ष भेट्टायो ।

यसैगरी सोही दिन भएको सेमिफाइनल खेलमा न्याभ टिम ‘ए’ लाई ९ वीकेटले हराउदै नर्दन लायन्स फाइनलमा प्रबेश गरेको थियो भने न्याभ टिम ‘बी’ लाई शक्ति लायन्सले ७८ रन ले हराउदै फाइनलमा पुगेको थियो ।

टुर्नामेन्टमा नेपाली महिला क्रिकेट टोलीलाई बिशेष प्रशिक्षणसमेत दिइएको थियो । तीन घण्टा चलेको सो प्रशिक्षण कार्यक्रममा अस्ट्रेलियन महिला क्रिकेट टिमकी पूर्व कप्तान जोडी फिल्ड्स र क्रिकेट भिक्टोरियाका श्याम नोर्मनले प्रशिक्षण दिएका थिए ।

टुर्नामेन्टमा न्याभ टिम ‘बी’ का राजन कंडेल -बेस्ट बलर, नर्दन लायन्सका सनसा वाटापोथा, उत्कृष्ट ब्याट्स म्यान, म्यान अफ द म्याच फाइनल नर्दन लायन्सका रबिन्द्र करुना रत्ने भए भने म्यान अफ द सेरिजको उपाधी शक्ति लायन्सका जितेन्द्र सिङले पाए ।

टुर्नामेन्ट पछी भएको पदक तथा पुरस्कार बितरण कार्यक्रममा अस्ट्रेलियन महिला क्रिकेट टिमकी पूर्व कप्तान जोडी फिल्ड्स, भिक्टोरियन मल्टिकल्चर कमिसनका कमिसनर डा सुन्दरम्  शिवमलाई, डेरेबिन सिटी काउन्सिल कि लिना मसिना, डेरेबिन इथ्निक कम्युनिटी काउन्सिल का सुरेन सुर्यनरयन, न्याभका पूर्व अध्यक्षहरु रन्जन बैध्य, बम योन्जन, क्रिकेट भिक्टोरियाका प्रतिनिधि हुसेन हनिफ, रोहिल अख्तर, सिनियर सिटिजन सोसाइटिका हर्क राई, न्याभका अध्यक्ष्य डा. अनुपम पोखरेल लगायतको उपस्थिति रहेको थियो ।

सो अवसरमा न्याभले आफूले पहिलो पल्ट गरेको मल्टिकल्चरल क्रिकेट टुर्नामेन्ट सफल पार्न सहयोग गर्ने सहयोगी, खेलाडी तथा समर्थक सबैमा धन्यवाद दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?