Comments Add Comment

गर्भमा जुम्ल्याहा बच्चा भए अपनाउनुहोस् यस्तो सावधानी


अहिले एउटा बच्चा हुर्काउन समेत त्यती सजिलो छैन । बच्चा हुर्काउने क्रममा व्यहोर्नुपर्ने तनाव, झन्झटकै कारण कतिले एउटा बच्चा जन्माएको लामो अन्तरमा मात्र अर्को बच्चा जन्माउने गरेका छन् । अहिले हाम्रो समाजमा यस्तो प्रचलन व्यापक बन्दै गएको छ । यसको सकारात्मक पक्ष होलान्, नकारात्मक पनि ।

तर, कति बच्चा जन्माउने भन्ने कुरामा पति-पत्निको नियन्त्रण वा सतर्कताले मात्र पनि पुग्दैन । कहिले कहिं गर्भमा एकसाथ दुई वा त्यो भन्दा बढी बच्चा पनि रहन सक्छ । जुम्ल्याहा बच्चा जन्माउनेहरु त समाजमा कति हुन्छन्, कति ।

एउटा बच्चा हुर्काउन गाह्रो हुने अवस्थामा एकसाथ दुई बच्चा कसरी हुर्काउने ? अभिभावको निम्ति चिन्ताको बिषय बन्न सक्छ ।

सावधानी

जब गर्भमा दुई बटा बच्चा हुन्छ, गर्भाशयको आकार सामान्यभन्दा ठूलो हुन्छ । साथै एकभन्दा बढी मुटुको धड्कन सुन्न सकिन्छ । एउटा बच्चा  र जुम्ल्याहा बच्चा हुनुको जटिलता भिन्न भिन्नै हुन्छ । गर्भमा जुम्ल्याहा बच्चा भएको अवस्थामा केहि सावधानी अपनाउनु पर्छ । किन ?

–     किनभने, यतिबेला मधुमेहको खतरा बढ्न सक्छ ।

–     किनभने, उच्च रक्तचाप र एनीमियाको जोखिममा पर्न सकिन्छ ।

–     किनभने, कमजोरी महसुष हुन्छ र प्रसवको बेला धेरै रक्तश्राव हुन सक्छ ।

–     किनभने, सामन्यभन्दा कम उमेरमै बच्चा जन्मने संभावना हुन्छ ।

–     किनभने, गर्भमा अधिक भारको कारण शरीरमा पीडा हुनसक्छ ।

यस्तो अवस्थामा स्वास्थ्यको ख्याल राख्ने

यदि कसैको तौल औसत छ भने गर्भावस्थामा प्रतिदिन सामान्यभन्दा ६ सय अतिरिक्त क्यालोरीको जरुरी हुन्छ । कसले कति क्यालोरी लिनुपर्छ भन्ने कुरा गर्भवतीको तौल र दिनचर्यामा निर्भर गर्छ ।

–     पोषक तत्वको सेवन गर्ने । फलिक एसिड, क्याल्शियम, आयरन, प्रोटिन पर्याप्त मात्रामा लिनुपर्छ ।

–     पर्याप्त पानी पिउनुपर्छ ।

–     उपवास वा व्रत नबस्ने । भोको पेट नबस्ने  । ब्रेकफास्ट, लन्च र डिनरका साथै समय-समयमा हेल्दी खानेकुरा खाने ।

–     बेड रेस्ट गर्ने सल्लाह चाहि अवस्था जटिल भएको बेला मात्र दिइन्छ । यदि त्यस्तो अवस्था छैन भने सामन्य काम गर्न सकिन्छ । शरीरलाई चलायमान र सक्रिय बनाउनुपर्छ । चिकित्सकको सल्लाह नलिइ बेड रेस्ट गर्नु हुँदैन ।

–     तौल बढी भएपछि खुट्टा सुन्निन सक्छ, त्यसैले खुट्टा झुन्ड्याएर नबस्ने ।

–     नुनको सेवन कम गने, नभए उच्च रक्तचापको समस्या आउन सक्छ ।

जुम्ल्याहा बच्चा हुनुको फाइदा

अहिले एकल बच्चा परिवारको निम्ति टाउको दुखाईको बिषय बन्दै गएको छ । एक्लो बच्चालाई हुर्काउन सजिलो भएपनि उनीहरुलाई पारिवारिक वा सामाजिक व्यवहारमा अभ्यस्त गराउन गाह्रो हुँदै गएको छ ।

–     जुम्ल्याहा बच्चा एकसाथ हुर्कने भएकाले दोस्रो पटक बच्चा हुर्काउने झन्झट आउँदैन ।

–     अहिलेको एकल बच्चामा जस्तो साथीसँग घुलमिल नहुने समस्या हुँदैन । एकसाथ हुर्कने भएकाले उनीहरु आपसमा सजिलै घुलमिल हुन अभ्यस्त हुन्छन् ।

–     उनीहरु एकअर्कामा साथी हुन्छन् । आफै खेल्छन्, अमाबुवाको उपस्थिती चाहिदैन ।

आपसमा बाँढ्ने, सहयोग गर्ने जस्ता भावनाको विकास हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment