+
+
Shares

करिनादेखि प्रिटीसम्म, जसले आफ्नो धर्म नाघेर बिहे गरे

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख २५ गते ८:४०

प्रेमले जात-पात, धर्म-सम्प्रदाय केही भन्दैन । मन मिलेपछि भने पुग्यो । बलिउडमा यस्ता थुप्रै अभिनेता-अभिनेत्री छन् जो फरक धर्मका व्यक्तिसँग प्रेममा परेर बिहे गरे । यसरी बिहे गर्नेमा अभिनेत्री धेरै छन् । आउनुस उनीहरुको चर्चा गरौं ।

उर्मिला मातोडकर

महाराष्ट्रको परिवारमा जन्मिएकी उर्मिलाले ९ वर्ष कान्छा कश्मिरी मुस्लिम तथा व्यवसायी मोहसिन अख्तरसँग बिहे गरिन् । उनीहरुको बिहे ३ मार्च, २०१६ मा भएको हो । बिहेपछि उर्मिला फिल्मबाछ छाढा भएकी थिन् ।

नरगिस (फातिमा राशिद)

मुस्लिम परिवारमा जन्मिएकी नरगिसले १९५८ मा हिन्दू अभिनेता सुनील दत्तलाई आफ्नो जीवनसाथी बनाइन् । उनीहरुको अफेयर १९५७ को सुपरहिट फिल्म ‘मदर इन्डिया’ को सेटमा सुरु भएको थियो ।

रोचक कुरा यो छ कि यस फिल्ममा नरगिसले सुनीलको आमाको भूमिका निभाएकी थिइन् । अहिले उनीहरुका तीन छोराछोरी छन् । छोरा सञ्जय दत्त र छोरीहरु पि्रया र नम्रता ।

शर्मिला टैगोर

६० र ७० को दशककी लोकपि्रय अभिनेत्री शर्मिला टैगोरले १९६७ मा भारतीय क्रिकेट टीमका पूर्व कप्ताम मन्सुर अली खान पटौदीसँग बिहे गरिन् । उनीहरुका एक छोरा सैफ अली खान र दुई छोरीहरु सबा र सोहा अली खान रहेका छन् ।

अमृता सिंह

अमृता सिंहको जन्म सिख परिवारमा भएको थियो । तर उनले १९९१ म्ँ सैफ अली खानसँग बिहे गरिन् । सन् २००४ मा उनीहरुको सम्वन्धबिच्छेद भइसकेको छ । सैफ अमृताभन्दा १२ वर्ष कान्छा छन् । सैफबाट अमृताले एक छोरी सारा अली र छोरा इब्राहिमलाई जन्म दिएकी छिन् ।

करिना कपुर

करिना कपुर सन् २०१२ मा सैफ अली खानकी दोस्रो श्रीमती बनिन् । बिहेभन्दा अगाडि उनीहरु ५ वर्षसम्म लिभ इनमा रहेका थिए । करिना सैफभन्दा १० वर्ष कान्छी छिन् । करिना हिन्दू परिवारकी हुन् भने सैफ मुस्लिम परिवारका । उनीहरुका एक छोरा तैमुर छन् ।

जेनेलिया डिसुजा

जेनेलिया डिसुजाको जन्म मुम्बईको एक क्रिस्चियन परिवारमा भएको थियो । सन् २०१२ मा उनले अभिनेता रितेश देशमुखसँग बिहे गरिन् । रितेश हिन्दू परिवारका हुन् । यो जोडीबाट दुई छोरा रियान र राहिल छन् ।

असिन

क्याथोलिक असिनले १९ जनवरी, २०१६ मा राहुल शर्मासँग बिहे गरिन् । यो बिहे पहिले क्याथोलिक रिवाजअअनुसार भएको थियो र दोस्रोपटक हिन्दू रिवाजअनुसार । राहुल शर्मा माइक्रोम्याक्स कम्पनीका को-फाउन्डर हुन् ।

आयशा टाकिया

आयशा टाकियाको जन्म एक गुजराति हिन्दू परिवारमा भएको थियो । यद्यपि उनी अब मुस्लिम राजनीतिज्ञ अबु आजमीकी बुहारी बनेकी छिन् । सन् २००९ मा उनलेउ अबूका छोरा फरहान आजमीसँग बिहे गरेकी हुन् । उनीहरुका एक छोरा मिखाइल छन् ।

मिनी माथुर

मुम्बईको एउटा हिन्दू परिवारमा जन्मेकी टिभी अभिनेत्री तथा होस्ट मिनी माथुरले बजरंगी भाइजान, फेन्टम जस्ता फिल्मका निर्देशक कबीर खानसँग बिहे गरिन् । उनीहरुको एक छोरा विवान र एक छोरी सायरा छन् ।

प्रिटी जिन्टा

४२ वषिर्या प्रिटी जिन्टाले अमेरिकन नागरिक जीन गुडइनफसँग बिहे गरिन् । उनीहरुको बिहे २९ फेबु्रअरी २०१६ मा लस एन्जेलसमा निजी समारोहमा भएको थियो । लास एन्जेलसमा बस्ने जीन एक वित्तीय  विश्लेषक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?