+
+
Shares

निर्वाचनलाई मौसमको चुनौती, ३१ गते पूर्वी नेपाल र उपत्यकामा पानी पर्ने

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख २९ गते ६:०८

२९ वैशाख, काठमाडौं । पहिलो चरणको निर्वाचनमा मौसमले साथ नदिने भएको छ । जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले ३१ वैशामा पूवी नेपाल र उपत्यका क्षेत्रमा वर्षा हुने अनुमान गरेका छ ।

त्यस दिन दिउँसो र बेलुका वर्षा हुने अनुमान छ । ‘वर्षाले निर्वाचनमा मतदातालाई असर गर्ने देखिन्छ । तर, मनसुनको समयजस्तो लामो अवधि नभएर छोटो अवधिको वर्षा हुने अनुमान छ,’ महाशाखाका मौसमविज्ञ समीर श्रेष्ठले भने ।

विभागका अनुसार शुक्रबार काठमाडौं उपत्यकासहित देशभरको मौसममा आंशिक बदली हुनेछ । मध्य र पूर्वी नेपालमा मेघ गर्जनसहित वर्षा हुने खबर आजको नयाँ पत्रिका दैनिकले लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?