Comments Add Comment

नयाँ शक्तिले छान्यो गुल्मीका ४ गाउँपालिका प्रमुखका उम्मेदवार

९ जेठ, गुल्मी । जेठ ३१ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि नयाँ शक्ति पार्टीले गुल्मीका ४ स्थानीय तहमा उम्मेदवार छनोट गरेको छ ।

पार्टीको जिल्ला सदरमुकाम तम्घासमा बसेको बैठकले जिल्लाका २ नगरपालिका र १० गाउँपालिका मध्ये केहिमा मात्र छनोट गरेको सचिवालय संयोजक जनक पन्तले जानकारी दिए ।

छनोट भएका गाउँपालिका मध्ये चन्द्रकोट गाउँपालिकाको प्रमुखमा तेजेन्द्र थापा, छत्रकोट गाउँपालिकाको प्रमुखमा जनक पन्त, धुर्कोट गाउँपालिका प्रमुखमा चन्द्र बहादुर बिक र रेशुंङ्गा नगरपालिकाको प्रमुख पदम बहादुर खत्री (श्याम) लाई उम्मेदवार छनोट गरेको पार्टीले जनाएको छ ।

पार्टीको बैठक र उम्मेदवार छनोटको लागि नयाँ शक्ति पार्टीका राजनीतिक संवाद समिति संयोजक बामदेव क्षेत्री केहिदिन गुल्मीमै रहने भएका छन् । नयाँ शक्ति पार्टी गुल्मीले चुनावी तालमेल गर्नको लागी वार्ता समितिसमेत गठन गरेको छ ।

चुनावी तालमेलको लागि तेजेन्द्र थापाको संयोजकत्वमा ५ सदस्यीय वार्ता समिति गठन गरिएको छ । निर्वाचनको लागि जिल्लामा रहेका कुनै पनि दलहरुसँग चुनावी तालमेल गर्नको लागि संवाद छलफल खु्ला रहेको नयाँ शक्ति पार्टीका ५ नम्बर प्रदेश सभा सचिव कमल खनालले जानकारी दिए ।

पार्टीले अन्य गाउँपालिका र वडाहरुको उम्मेदवार छनोट गर्न पार्टी भित्र छलफल भइरहेको जनाएको छ ।

अनिल खत्रीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment