+
+

भक्तपुर अपडेटः चाँगुनारायणको दुई वडामा एमाले विजयी

मेयरमा एमाले, उपमेयरमा कांग्रेसको अग्रता

रासस रासस
२०७४ जेठ १३ गते ८:३२

१३ जेठ, भक्तपुर । मतगणना रोकिएको छ दिनपछि सहमतिका आधारमा पुनःमतगणना भएको चाँगुनारायण नगरपालिकाका दुई वडामा नेकपा (एमाले)को समूह विजयी भएको छ ।

आज बिहान सार्वजनिक भएको मतपरिणामानुसार चाँगुनारायण–४ मा बुद्धलाल महर्जनको समूह विजयी भएको हो । महर्जनले एक हजार २६९ मत प्राप्त गर्दा उनका निकटतम प्रद्विन्द्वी नेपाली काँग्रेसका गोपाल पोखरेलले ८९९ मत प्राप्त गरे ।

विजयी हुने महिला सदस्यमा सपना तामाङ, दलित महिला सदस्य राममाया मिजार तथा खुला सदस्यमा रोजबहादुर तामाङ र दिनेश खनाल छन् ।

चाँगुनारायण–३ मा एमालेका श्यामसुन्दर धिमालको समूह विजयी भएको छ । महिला सदस्यमा रमा थापा, दलित महिला सदस्यमा सुष्मा सुनार तथा सदस्यमा नवराज गेलाल र प्रेमबहादुर बाखु विजयी भएका हुन् ।

नगरप्रमुखमा एमालेका उम्मेदवार सोम मिश्रले अग्रता लिएका छन् । मिश्रले तीन हजार ७१४ मतले अग्रता लिएका हुन् । उनलाई काँग्रेसका राजाराम खड्काले तीन हजार ३६६ मतले पछ्याइरहेका छन् ।

उपप्रमुखमा भने काँग्रेसकी सरु बानियाँ अगाडि छिन् । उनले तीन हजार ८६० मतले अग्रता लिँदा एमालेकी विना बास्तोलाले तीन हजार ८२४ मतले पछ्याइहेकी छन् । मतगणना जारी छ ।

यसअघि वडा नं ३ र ४ को मतगणनाका क्रममा गणक कर्मचारीले काँग्रेस र नेमकिपाको मत एमालेको उम्मेदवारका नाममा जोडेर धाँधली गरेको भन्दै एमालेबाहेकका दलले छ दिनसम्म मतगणना रोकेका थिए ।

छ दिनपछि पुराना कर्मचारी सबैलाई हटाएर नयाँ कर्मचारी राखी पुनःमतगणना सुरु गरिएको थियो ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?