+
+
Shares

पत्रपत्रिकाका फ्रन्टपेजः निर्वाचन फेरि सर्दै, चौथो मिति घोषणा आज

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ १७ गते ७:११

१७ जेठ, काठमाडौं । सरकारले दोस्रो चरणको निर्वाचन फेरि केही दिन सार्ने भएको छ । बुधबार बिहान बस्ने मन्त्रिपरिषद् बैठकले त्यससम्बन्धी निर्णय लिने आजका पत्रपत्रिकाहरुले लेखेका छन् ।

बुधबार प्रकाशित पत्रपत्रिकाहरुले नेपाली सेनाको जहाज दुर्घटना भएको विषयलाई पनि प्रमुखताका साथ छापेका छन् । नयाँ सरकार गठनका लागि भइरहेका सक्रियतालाई पनि आज प्रकाशित पत्रिकाहरुले लेखेका छन् ।

गोरखापत्र दैनिकले सहमतीय सरकार गठनका लागि भएको प्रयास असफल भएको लेखेको छ ।गोरखापत्रमै निर्वाचन मिति सर्नेदेखि स्थानीय तहको बजेट सीधै खातामा जानेसम्मका खबर छन् । सेनाको विमान दुर्घटनाको खबरलाई पनि गोरखापत्रले पहिलो पृष्ठमा स्थान दिएको छ ।

निर्वाचन मिति पुनः सर्न लागेको विषयलाई मुख्य खबर बनाएर लेखेको कान्तिपुर दैनिकले सेनाको जहाज दुर्घटना भएको खबरलाई पनि उत्तिकै महत्त्व दिएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वमा बहुमतीय सरकार निर्माण गर्न गृहकार्य भइरहेको विषयलाई मुख्य खबर बनाएको नागरिक दैनिकले भरतपुर मतगणनाको विषयलाई पनि प्रमुखताका साथ पहिलो पृष्ठमा छापेको छ ।

नयाँ पत्रिका दैनिकले पुनः निर्वाचन मिति सार्ने तयारी भएको जनाएको छ । सेनाको जहाज दुर्घटना भएका खबरदेखि राजपा नेता सर्वदलीय बैठक छाडेर भारतीय दूतावास पुगेको सम्मका खबर आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?