+
+

सुशीलाले बैठक नबोलाउँदा भावी प्रधानन्यायाधीशबारे अन्योल

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ २२ गते ६:४३

२२ जेठ, काठमाडौं । प्रधानन्यायाधीश सुशीला कार्कीले अवकाश पाउने दिन नजिकिँदै जाँदासमेत भावी प्रधानन्यायाधीशको नाम सिफारिस हुन सकेको छैन ।

न्याय परिषद्को बैठक बस्न नसक्दा भावी प्रधानन्यायाधीश सिफारिस अन्योलमा परेको आजको नयाँ पत्रिकाले लेखेको छ ।

प्रधानन्यायाधीश न्याय परिषद्को अध्यक्ष हुने व्यवस्था छ । न्याय परिषद् ऐनअनुसार प्रधानन्यायाधीशको अध्यक्षतामा पाँच सदस्यीय समिति रहने प्रावधान छ ।

कानूनमन्त्री, सर्वोच्च अदालतको वरिष्ठतम् न्यायाधीश, प्रधानमन्त्रीको सिफारिसमा नियुक्त एकजना कानूनविद् र नेपाल बार एसोसिएसनका एकजना सदस्य रहने प्रावधान छ ।

न्यायपरिषद् बैठकमा सदस्यमध्ये बहुमत अनुपस्थित रहने भएपछि बैठक नराखिएको सर्वोच्च अदालत स्रोतले जानकारी दियो । सोही कारण प्रधानन्यायाधीश कार्कीले अहिलेसम्म न्याय परिषद् बैठकको मिति तोक्न सकेकी छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?